धनुषाको १८ मध्ये १२ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ?

धनुषाको १८ मध्ये १२ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ?

जनकपुरधाम : धनुषाको १८ मध्ये १२ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाको लक्ष्मिनियाँ, औरही, धनौजी, जनकनन्दिनी, मुखियापट्टी मुसहरनिया, बटेश्वर गाउँपालिका, विदेह, कमला, शहीदनगर, नगराइन, मिथिला र धनुषाधाम नगरपालिकाको परिणाम सार्वजनिक भएको हो । जसमध्ये सात पालिकामा नेपाली कांग्रेस, तीनमा जसपा र दुईवटामा नेकपा एमालेका उम्मेदवारले विजयी हाँसिल गरेको छ ।

लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन । मिश्रले ३ हजार ७६५ मत ल्याउँदै लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादवले ३ हजार ४९७ मत ल्याएका हुन । त्यस्तै नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३ हजार ४६० मत ल्याइन् ।

औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन् । साहले ३ हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा समेत एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकी कुमारी मण्डलले २ हजार ७९० मत ल्याइन् ।

धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याइन् ।

जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कमला सहगलले २ हजार ९९८ मत ल्याएर विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८४० मत ल्याए ।

विदेह नगरपालिकाको नगर प्रमुखमा दोश्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन् । उपमेयरमा भने नेकपा एमालेकी आशा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० मत ल्याइन् । नगरप्रमुखमा निर्वाचित तत्मा यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका मेयर बालेश्वर मण्डल निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याए भने भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए । यस्तै उपमेयरमा कांग्रेसकै विद्या देवी भुजेल निर्वाचित भएकी छन् । उनले ४ हजार १२५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन् ।

कमला नगरपालिकामा नेपाली कांग्रेस विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए । उपमेयरमा कांग्रेसकै शिला देवी मण्डलले ३ हजार ८८७ मत ल्याईन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन् ।

शहीदनगर नगरपालिकामा जसपाका दिनेश प्रसाद यादव निर्वाचित भएका छन् । उनले ५ हजार ७४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिर कुमार गोईतले ४ हजार १०५ मत प्राप्त गरेका हुन् । यस्तै उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् । उनले ४ हजार ९३१ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपाका जयकुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए । उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन् । उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन् ।

बटेश्वर गाउँपालिकाको अध्यक्षमा रामअशिष महतो निर्वाचित भएका हुन् । उनले ४ हजार १८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्याम सुन्दर महतोले ३ हजार ३७ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन् । उनले ३ हजार ६०१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेणु कुमारीले २ हजार ९५७ मत ल्याएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए ।

मिथिला नगरपालिकामा नेपाली कांग्रेसका महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याएका छन् । उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले ७ हजार ४१४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याएकी छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयरमा विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत ल्याए । उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन् । उनले ५ हजार ७३० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याएकी हुन् ।

अब जनकपुरधाम उप–महानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मिथिला बिहारी नगरपालिका, सबैला नगरपालिका र हंसपुर नगरपालिकाकको मतपरिणाम आउन बाँकी रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.