सिरहाको लहानमा कांग्रेसका उम्मेदवार विजयी

सिरहाको लहानमा कांग्रेसका उम्मेदवार विजयी

सिरहा : लहान नगरपालिकाका मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले शानदार विजयी हासिल गरेका छन्। मेयरका उम्मेदवार प्रतिनिधिसभा क्षेत्र १ कांग्रेस सभापति महेशप्रसाद चौधरीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुनी साहभन्दा ८१३९ मत  अन्तरले विजयी भएका हुन्।

चौधरीले २० हजार १०५ मत पाउँदा मुनी साहले ११ हजार ९६६ मत पाएका छन्।

उपमेयरमा जनता समाजवादी पार्टी(जसपा) नेपालका रामचलितर महतो विजयी भएका हुन्। उनले १२ हजार ५६९ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरियार चौधरीले ११ हजार ७९० मत ल्याएकी छिन्।

एमालेबाट मेयर पदका उम्मेदवार मुनी साह र उपमेयर पदका उम्मेदवार सरियार चौधरी ०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए। कांग्रेसका अच्छमितलाल चौधरी र पुनम चौधरी पराजित भएका थिए।

०७४ मा कांग्रेसले २४ वटा वडामध्ये ९ वडा मात्रै जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.