कलैया उपमहानगरमा एमालेका उम्मेदवार विजयी

कलैया उपमहानगरमा एमालेका उम्मेदवार विजयी

वीरगन्ज : बाराको कलैया उपमहानगरपालिकामा सत्तागठबन्धनलाइ पराजित गर्दै नेकपा एमालेले फराकिलो मत अन्तरले विजयी भएको छ।

निवर्तमान मेयर एवं गठबन्धनबाट कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापतिसमेत रहेका राजेशराय यादवलाइ ५५९९ मतले पराजित गर्दै मेयरमा एमाले उम्मेदवार विनोद साह विजयी भएका हुन्। 

साह २४१३९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार यादवले १८५४० मत मात्रै पाए। २०७४ को निर्वाचनमा पनि मेयरमा यी दुवै जनाबीच प्रतिष्पर्धा भएको थियो। 

यस्तै कलैया उपमहानगरको उपप्रमुखमा पनि एमालेकी उम्मेदवार रौशन परबीन निर्वाचित भएकीछन्। गठबन्धनबाट जसपाका उम्मेदवार एवं संविधानसभा सदस्य प्रमोद गुप्तालाइ ९४९ मत अन्तरले हराउँदै परबिन उपमेयरमा निर्वाचित भएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.