चितवनमा भीषण हावाहुरी, रुखले किचेर तीन जनाको मृत्यु, पोल ढाल्दा विद्युत अवरुद्ध (फोटो फिचर)

चितवनमा भीषण हावाहुरी, रुखले किचेर तीन जनाको मृत्यु, पोल ढाल्दा विद्युत अवरुद्ध (फोटो फिचर)

चितवन : भीषण हावाहुरीले ढालेको रुखले किचेर तीन जनाको मृत्यु भएको छ। भरतपुरको दुई स्थानमा बाटोमा गुडेको अटोलाई किच्दा अटोमा यात्रा गरेका तीन जनाको मृत्यु भएको हो।

चितवन प्रहरीकाअनुसार शुक्रबार साँझ करिब ७ बजे आएको भीषण हावाहुरीले भरतपुर–११ भोजाडको जंगलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको को अटोलाई किच्दा भरतपुर–११, लामाटोलका ५० वर्षिय  प्रदीपकुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी गा.पा. ६ घर भई हाल भरतपुर ७ कटहरचोक बस्ने २८ वर्षिय माया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही अटोमा सवार वर्ष २० की अबिता गुरुङ र वर्ष ५० की तुलमाया गुरुङ सामान्य घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

त्यस्तै भरतपुर–११, बसेनीचोकमा बिशालचोकबाट बसेनीतर्फ आउँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा उक्त म्याजिकमा सवार भरतपुर म.न.पा.११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार साँझ आएको हावाहुरीले चितवन र आसपासका क्षेत्रमा ठूलो नोक्सानी पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए।

हावा हुरीको कारण विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको थियो। नारायणी नदीको पुलमा ट्रक नै पल्टाएको थियो। पुलको वारका अडिएको कारण ट्रक नदिमा खस्न भने पाएन। पुलमा रहेको बिजुलीको पोल ढालेको छ। बिजुलीको पोल ढल्दा जिल्लाका अधिकांश स्थानमा विद्यत अवरुद्ध भएको छ।

भरतपुर अस्पतालको पार्किङमा रहेका स्कुटर र मोटरसाइकलमा क्षति पुगेको छ। कृष्णपुरमा रहेको मिनि रंगशालाको पर्खाल भत्केर क्षति पुगेको छ। भीषण हावाहुरीले नारायणी नदीको पुलमा रहेका बिजुलीका सबै पोल भाँचिएका छन्। सबै पोल नारायणी नदीतर्फ झुन्डिएको छ।

चितवन र नवलपरासी दुबैतर्फको विद्युत् आपूर्ति बन्द छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.