सेयर बजारमा उच्च गिरावट, ९३ करोडमा खुम्चियो कारोबार

सेयर बजारमा उच्च गिरावट, ९३ करोडमा खुम्चियो कारोबार

काठमाडौं : तरलता अभावका कारण सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ। पछिल्लो समयमा नेप्से सूचक र कारोबार दुवै निरन्तर घटिरहेको छ। 

इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले तरलता अभावको असर सेयरबजारमा परेको बताए। ‘नियमक निकायहरु नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, राष्ट्र बैंकले नियमनभन्दा नियन्त्रण गरेकाले समस्या आयो’, रौनियारले भने। 

सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै यसअघि बन्द हुँदै आएको सेयर बजार शुक्रबार खुला भएको छ। तर, लगानीकर्तामा भने उत्साह देखिएन। यस दिन कारोबारमा उच्च गिरावट आएको छ। २ वर्ष यताकै सबैभन्दा कम कारोबार भएको छ। यस दिन ९३ करोड रुपैयाँमा कारोबार सीमित भएको छ। त्यस्तै नेप्से पनि परिसूचक पनि १५.८२ अंकले घटेको छ। यस दिन २२३५.०९ को विन्दुमा और्लिएको छ। 

अध्यक्ष रौनियारले राष्ट्रबैंकले ४-१२ नियम सच्याए मात्रै सेयर बजार उकालो लाग्ने बताए। ‘सेयरबजारमाथि नियमक निकायले निरन्तर पेल्ने काम भयो’, उनले भने,‘अब आउने मौद्रिक समीक्षमा नीतिगत सुधार गर्नुपर्छ।’

‘गभर्नरले पनि सेयर बजारमा कमजोरी भएको महसुस गरेकाले अब सच्चिएर आउने उनको विश्वास छ। असारसम्म तरलता अभाव हट्ने र रेमिट्यान्स पनि बढ्ने भएकाले त्यति बेलासम्म बजारमा सुधार आइसक्ने उनले बताए। नियमक निकायले ५१ वटा कम्पनीको सूची सार्वजनिक गर्नेदेखि विभिन्न अवरोध सिर्जना गरेकाले बजारमा असर पुगेको लगानीकर्ता बताउँछन्। 

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलले सेयरबजारलाई प्रत्यक्ष फाइदा पुग्ने नीति नल्याएसम्म सेयरबजारमा आशा नजाग्ने बताउँछन्। ‘मौद्रिक नीतिको समीक्षामा ४-१२ को नीति हटाउन माग गरेका छौं’, उनले भनिन्। नेपाल राष्ट्रबैंकले सेयर धितो राखेर एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडसम्म मात्रै ऋण लिन पाइने व्यवस्था गरेकाले सेयरबजारमा त्यसको असर परेको उनको भनाइ छ। ‘आउँदो बजेटमा पनि कर घटाउनेमा हामी आशावादी छौं’, उनले भनिन्। तरलता अभावका कारण बैंकहरुले २ लाखसम्म पनि ऋण दिन नसकेकाले सेयरबजारमा उत्साह नदेखिएको उनको भनाइ छ। पछिल्लो समयमा सेयर लगानीकर्ताले निरन्तर सम्पत्ति गुमाउँदै गएका छन्। 

शुक्रबार अरुण काबेली पावर लिमिटेडको सेयर बढी किनबेच भयो। त्यस्तै अरुण काबेलीको ३० करोड रुपैयाँको सेयर कारोबार भयो। हिमालयन डिष्टिलरीको २८ करोड रुपैयाँ र सांग्रिला डेभलपमेन्टको २७ करोड ६१ लाख रुपैयाँको संस्थापक सेयर कारोबार भयो। त्यस्तै व्यापार र अन्य उपसमूह अन्तर्गतका कम्पनीहरुमा सृजना भएको बिक्री चापले परिसूचकलाई ०.७० प्रतिशत घटायो।  यी उपसमूह २ प्रतिशतले घटे। यसअतिरिक्त बिमा र वित्त उपसमूहका कम्पनीमा पनि बिक्रेता सक्रिय भए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.