भैरहवामै श्रमस्वीकृतिको तयारी

भैरहवामै श्रमस्वीकृतिको तयारी

 काठमाडौं  : भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने भएका छन्। भैरहवाबाटै सेवा दिन सरकारले गृहकार्य गरे पनि तत्काल सम्भव नदेखिएको हो। 

सरकारले श्रमस्वीकृति सेवा विकेन्द्रीकरण गर्न नसक्दा श्रमिक काठमाडौं आउन बाध्य छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण काम वैदेशिक रोजगार विभाग र त्यसको कार्यालय ताहाचलबाट मात्रै हुँदै आएको छ। अब भैरहवाबाट सेवा दिने सरकारले तयारी गरेको छ। 

श्रमस्वीकृति सेवा विकेन्द्रीकरण नगरे भैरहवा विमानस्थल नै सञ्चालन गर्न समस्या हुने बताइएको छ। जेठभित्रै भैरहवाबाट वैदेशिक रोजगारीका सम्पूर्ण सेवा दिने श्रम मन्त्रालयको दाबी गरेको छ। 

जेठभित्रै भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन्। भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालय मात्र नभई म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्था पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिबद्धता जनाए। काठमाडौंबाट मात्रै श्रमस्वीकृति हुने भएपछि म्यानपावरलगायत अन्य कम्पनीका शाखा उपत्यका बाहिर खासै छैनन्। 

वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सवै प्रक्रिया भैरहवाबाटै पूरा हुनुपर्ने माग स्थानीयले गरेका छन्। मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भैरहवाबाट श्रमस्वीकृति दिने तयारी भइरहेको बताए। ‘भैरहवामा कार्यालय खोल्नका लागि ओएनएम सर्भे प्रस्ताव गरिएको छ’, उनले भने, ‘प्रस्ताव स्वीकृति भएर नआउँदासम्म अधिकार प्रत्यायोजन गरेर काजमा जनशक्ति खटाएर सेवा दिन्छौं,’ उनले भने।  बुटवलमा रहेको श्रम कार्यालय अथवा अर्को कार्यालय खोलेर भए पनि एक महिनाभित्र जसरी पनि सेवा दिने उनले बताए। 

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले भैरहवाबाटै सेवा दिनेगरी तयारी भएको बताए। ‘ओएनएम नगरी छुट्टै कार्यालय खोल्न तत्काल गाह्रो हुने भएकाले विभागको सम्पर्क शाखाजस्तो बनाएर भए पनि सेवा दिने तयारी भएको छ’ उनले भने। श्रम तथा रोजगार कार्यालयहरू विराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत र धनगढीबाट पुनः श्रमस्वीकृति दिने सरकारले घोषणा गरेको थियो। तर, कामदार काठमाडौं नआई सुखै थिएन। 

अर्यालका अनुसार वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम अनलाइन सेवा सुरु भएकाले भैरहवाबाटै कामदार उड्न सक्ने बताए। स्वास्थ्य परीक्षण र अभिमुखीकरण गर्ने संस्थाका साथै म्यानपवार कम्पनीको कार्यालय सञ्चालनमा आएमा भैरहवाबाटै कामदार विदेश उड्न सक्ने बताउँछन्। 

सरकारले शुक्रबारदेखि व्यक्तिगतरूपमा पहिलोपटक जाने कामदारको श्रमस्वीकृति अनलाइनबाट गरेको छ। अर्यालका अनुसार शुक्रबार व्यक्तिगतरूपमा जाने नयाँ कामदार २ सय छन्। सरकारले २०७८ माघ २ देखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ देखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिन सुरु गरेको थियो। यसपश्चात् कार्यालयमा भीड हटेको छ। चालू आर्थिक वर्षको चैतसम्म पाँच लाख श्रमिक वैदेशिक रोजगारीमा गइसकेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.