युक्रेनी सेनाद्वारा आत्मसमर्पण :  मारिउपोल सहरमा रुसको पूर्ण कब्जा

युक्रेनी सेनाद्वारा आत्मसमर्पण :  मारिउपोल सहरमा रुसको पूर्ण कब्जा

किभ : रुसले युक्रेनको तटीय सहर मारिउपोललाई महिनौंको लडाइपछि आफ्नो कब्जामा लिएको घोषणा गरेको छ । युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि रूसी अधिकारीले मारिउपोल कब्जाको अन्तिम युद्ध शहरको अजोभस्टल स्टिल प्लान्टमा चलिरहेको बताए।

महिनौंदेखि युक्रेनी सेना सो प्लान्टमा रुसको कब्जा रोक्न लडिरहेको थियो। शुक्रबार आत्मसमर्पण गरेपछि मारियुपोलको नियन्त्रण रसियामा गएको छ ।

रुसको रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकले प्लान्ट छोडेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसको घोषणाको पुष्टि गरेका छन् । प्लान्टका अन्तिम सुरक्षाकर्मीलाई पनि त्यहाँबाट बाहिर जान अनुमति दिइएको उनले बताए ।

उनले शुक्रबार युक्रेनी टिभी च्यानललाई भने, 'केटाहरूले सैन्य कमाण्डबाट स्पष्ट संकेत पाएका छन् कि उनीहरूले आफ्नो जीवन सुरक्षित गर्न सक्छन्।'

अजोभस्टल स्टिल प्लान्ट पूर्ण रूपमा हप्तादिनदेखि पूर्णरुपमा घेरिएको थियो। रुसी सेनाले मानवीय सहायतालाई त्यहाँ पुग्न रोकेको थियो। यो ठाउँमा हवाई आक्रमण पनि भइरहेको छ । रुसी सेनाले युक्रेनी सुरक्षा बललाई हतियार राख्न आग्रह गरेको थियो ।

यस प्लान्टमा सर्वसाधारण पनि फसेका थिए । संयुक्त राष्ट्र संघ र रेडक्रसबीचको वार्तापछि उनीहरुलाई यसै महिनाको सुरुमा बाहिर निकालिएको थियो।

रुस र युक्रेनबीच यस वर्षको फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.