रामग्रामको कार्यपालिका सदस्य निर्वाचनमा एमालेले जसपा र राप्रपासँग गर्‍यो गठबन्धन

रामग्रामको कार्यपालिका सदस्य निर्वाचनमा एमालेले जसपा र राप्रपासँग गर्‍यो गठबन्धन

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि एमालेसहितका तीन दलले गठबन्धन गरेर सदस्यको भागबण्डा गरेका छन्। त्यहाँ एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ।

बहुमत नपुग्ने भएपछि अफ्ठेरोमा परेको एमालेले आफ्नै अगुवाईमा वार्ता टोली गठन गरेर अन्य दलसँग सदस्यको भागबण्डा टुंग्याएको हो। बैठकमा एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र राप्रपाका जिल्लादेखि केन्द्रीय नेताहरुको सहभागिता थियो।

नगरपालिकाको कार्यपालिकामा ८ जना सदस्य रहने व्यवस्था छ। ५ जना महिला सदस्य र ३ जना दलित/अल्पसंख्यकबाट सदस्य रहने छन्। त्यसका लागि जसपाले ५, एमालेले २ र राप्रपाले १ सदस्य पाउने गरी सहमति भएको एमाले वार्ता टोली सदस्य एंव पार्टी जिल्ला सचिव धीरज शर्मा बस्यालले बताए। गाउँपालिकामा भने ४ जना महिला सदस्य र २ जना दलित/अल्पसंख्यकबाट गरी कुल ६ सदस्य निर्वाचित हुने व्यवस्था छ।

१८ वडा रहेको नगरपालिकामा प्रमुख/उपप्रमुखसहित ९२ जना जनप्रतिनिधि चुनिएका छन्। बहुमतका लागि ४६ जनप्रतिनिधि आवश्यक छ। ३ दलबाट निर्वाचित हुने जनप्रतिनिधिको संख्या ६३ छ। जसमा एमाले र जसपाका २५/२५ जना र राप्रपाका १३ प्रतिनिधिहरु चुनिएका छन्। नेपाली कांग्रेसका २८ जना र स्वतन्त्रका १ जना जनप्रतिनिधि चुनिएका छन्। कार्यपालिका सदस्य चयनका लागि हुने निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु मतदाता हुन्। कार्यपालिका गठनका लागि ११ गते मनोनयन र १९ गते निर्वाचन तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.