वारागुङ मुक्तिक्षेत्रको कार्यपालिकामा एमालेका सबै सदस्य निर्विरोध

वारागुङ मुक्तिक्षेत्रको कार्यपालिकामा एमालेका सबै सदस्य निर्विरोध

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कार्यपालिका निर्वाचन अगावै नेकपा एमालेबाट उम्मेदवारी दिएका सबै सदस्य निर्विरोध निर्वाचित भएका छन्। स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्षसहित २० पदमा विजयी हासिल गरेको थियो। नेपाली कांग्रेसले २ वडाध्यक्षसहित ७ पद जितेको थियो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेले वडा १, ३ र ५ मा वडाध्यक्ष जितेको थियो। कांग्रेसले वडा २ र ४ मा वडाध्यक्ष पद जितेको थियो। जेठ १३ गते तय गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिका निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दिने कार्यतालिका थियो। तर, वारागुङ मुक्तिक्षेत्रको गाउँसभामा एमालेका स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसबाट कुनै सदस्यले उम्मेदवारी दर्ता गराएनन्।

वारागुङ मुक्तिक्षेत्रकी निर्वाचन अधिकृत सारदादेवी पौडेलले कार्यपालिका निर्वाचनका लागि एमालेका उम्मेदवारको मात्रै उम्मेदवारी दर्ता भएको बताइन्। उनले एकल पार्टीबाट महिलातर्फ ४ र दलित तथा अल्पसंख्यक सदस्यका लागि २ जना गरी ६ जनाको मात्रै उम्मेदवारी परेकाले स्वतः निर्विरोध निर्वाचित भए पनि यसको घोषणा केही दिन पछि गर्ने जानकारी दिइन्।

एमालेबाट कार्यपालिका सदस्यमा निर्विरोध हुनेमा महिलातर्फ कुन्जाङमो गुरुङ, माया गुरुङ, ल्हाक्चोम गुरुङ र मनकुमारी कामी छन्। त्यस्तै दलित वा अल्पसंख्यकतर्फ मुनु दमाई र ल्हम्ङे गुरुङ निर्विरोध भएकमा हुन्। योसँगै वारागुङको कार्यपालिकामा एमाले ११ जना सदस्य र नेपाली कांग्रेस २ जना सदस्य हुनेछन्। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.