वीरगन्जमा गठबन्धनका उम्मेदवार राजेशमान १५ हजारभन्दा बढी मतले अगाडि

वीरगन्जमा गठबन्धनका उम्मेदवार राजेशमान १५ हजारभन्दा बढी मतले अगाडि

वीरगन्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले १५ हजारभन्दा बढिको अग्रता लिएका छन् । आइतबार बिहान ६ : ३० बजेसम्म ६५ हजार ५ सय ५३ मत गणना हुँदा जसपाका उम्मेदवार राजेशमानले नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय कुमार सरावगीभन्दा १५ हजार ३ सय ३६ मत बढी पाएका छन् । 

राजेशमानले ३२ हजार १ सय ५८ मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी सरावगीले भने १६ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । अब करिब २९ हजार मात्रै मत गन्न बाँकी रहदा १५ हजारभन्दा बढी मतले अग्रता लिएका राजेशमान विजयी हुने सम्भावना प्रबल भएको छ । 

मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गिरीश गिरीले भने २ हजार  ३ सय ५९ मत प्राप्त गरेका छन् । उपमेयरमा भने गठबन्धनबाटै कांग्रेसका उम्मेदवार इम्तियाज आलमले २२ हजार १ सय ५ मतका साथ अग्रता लिइरहेका छन् । उपमेयरमा लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार २ सय ६६ , राप्रपाकी बिना जयसवालले ४ हजार १ सय ३४ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले २ हजार ९ सय ९५ मत पाएकी छन् । बैशाख ३० मा भएको निर्वाचनमा वीरगन्ज महानगरका ३२ वटै वडामा गरि ९४ हजार ६ सय मत खसेको थियो ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.