भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो,  इमरान खानले गरे मोदी सरकारको तारिफ

भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो,  इमरान खानले गरे मोदी सरकारको तारिफ

नयाँ दिल्ली : भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ। केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। यससँगै वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री उज्ज्वला ग्यास योजनाका लाभार्थीहरूलाई २०० रुपैयाँ अनुदान दिने घोषणा पनि गरिन्।

भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई ठूलो राहत दिएको छ । मोदी सरकारको यो निर्णयको असर पाकिस्तानमा पनि परेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत सरकारको यो निर्णयको प्रशंसा गरेका छन्। उनले ट्वीट गर्दै मोदी सरकारको तारिफ गरेका छन्।

‘क्वाडको हिस्सा भएर पनि भारत अमेरिकाको दबाबमा झुकेन र रुसबाट सस्तो तेल किनेर आफ्ना जनतालाई राहत दिएको छ। हाम्रो सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेर यही हासिल गर्न काम गरिरहेको थियो।', उनले लेखेका छन्, ' हाम्रो सरकारको लागि पाकिस्तानको हित सबैभन्दा माथि थियो तर दुर्भाग्यवश यहाँ मीर जाफर र मीर सादिक बाहिरी दबाबमा षड्यन्त्रका मोहोरा बने र अहिले उनीहरू अर्थतन्त्रलाई घाटामा लैजान लागेका छन्। '

इमरान खानले भारतको प्रशंसा गरेको यो पहिलो पटक भने होइन। यसअघि एक र्‍यालीमा उनले छिमेकी मुलुकको परराष्ट्र नीति जनताको हितमा भएको बताएका थिए। 

शनिबार साँझ भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ  अन्तःशुल्क घटेको घोषणा गरिन्।  

मार्चमा पाँच राज्यको निर्वाचन सकिएपछि पेट्रोल र डिजेलको मूल्य बढ्न थालेपछि पेट्रोलले प्रतिलिटर सय रुपैयाँ नाघेको थियो। बीबीसी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.