इलामको सूर्योदयलाई नमूना नगर बनाउन मेयर राईले गरे आठ योजना सार्वजनिक

इलामको सूर्योदयलाई नमूना नगर बनाउन मेयर राईले गरे आठ योजना सार्वजनिक

इलाम  : सूर्योदय नगरपालिकाका नव निर्वाचित मेयर रणबहादुर राईले समृद्ध सूर्योदय बनाउने सपनासहित आठवटा योजना सार्वजनिक गरेका छन् । 

विजयी भएपछि आयोजित घोषणा सभामार्फत उनले कृषि, शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधारलगायतका क्षेत्रमा विशेष योजनासहित ‘सूर्योदय मोडल’को विकास योजना सञ्चालन गर्ने बताए ।

 नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट विजयी राईले चुनावी अभियानका क्रममा प्रतिवद्धता समेत बनाएका थिएनन् । गठबन्धनले समेत संयुक्त घोषणा पत्र निकालेको थिएन । 

सुरुदेखि नै सूर्योदय नगरपालिकाले निर्माण गरेको चिया क्षेत्रको सुधारसम्बन्धी कार्यविधि र हरियो चियापत्तीको न्युनतम समर्थन मुल्यको कार्यान्वयनका लागि सरोकारसँग छलफल चलाउने र प्रभावकारी कार्यान्वयन गर्ने पहिलो योजना रहेको राईले बताए । 

उनले भने, 'चियाको सर्मथन मुल्य र कार्यविधि ठिक छ कि छैन भनेर जनताको माझमा जान्छौं।'

 पाँच वर्षमा गुणस्तरीय चिया उत्पादन गरेर विश्व बजारमा पुयाउने र चियाको दिगो विकास र व्यवस्थापन गर्नका लागि कार्यविधि बनेकाले दोस्रो कार्यकालमा त्यसलाई कार्यान्वायन गर्ने उनले बताए । उनले पाँच वर्षभित्र टि टेस्टीङ तथा प्रमोसनल सेन्टर निर्माण तथा सञ्चालन गर्ने बताए । 

प्रदेश सरकार र नगरपालिकाको लगानीमा इलामको कन्याममा उक्त संरचना निर्माणधिन छ । चियामार्फत नै सूर्योदय नगरपालिकाको विकासको मोडल बनाउने उनको योजना छ । गुणस्तरीय चिया निर्माणका लागि अनुदानको व्यवस्था गर्नेदेखि सूर्योदय नगरपालिकाका लागि बेग्लै चिया सहकारी स्थापना गरेर सहकारी मार्फत नै चिया उद्योग सञ्चालन गर्ने उनको योजना छ ।  

उनले नागरिकलाई स्थानीय सरकारको कामको प्रभावकारी सूचना प्रवाह  दोस्रो योजना रहेको बताए । उनका अनुसार नगर कार्यपालिका र नगर सभाका सम्पूर्ण गतिविधि फिक्कल चोक बजारमा डिस्प्ले बोर्ड राखेर सार्वजनिक गर्ने योजना रहेको बताए । 

उनले नगरको कतिपय सेवा पनि ‘डिजिटल एप’को माध्यमबाट नागरिकले घरैबाट लिनसक्ने व्यवस्था गर्ने बताए ।  उनका अनुसार नगरपालिकाले अति विपन्न वर्गका लागि निःशुलक स्वास्थ्य विमाको कार्यक्रम ल्याउने छ । अति विपन्न वर्गको पहिचान भै सकेको उनले जानकारी गराए । 

राईले स्वास्थ्य जोखिमतालाई ध्यानमा राखेर नगरपालिकाले फिक्कलमा ५० वेडको अस्पताल स्थापना गरेर गरेर पाँच बर्षमा सञ्चालन गर्ने योजना सुनाए । 
पर्यटकीय क्षेत्रमा यस अघि नै केहि काम भएको भन्दै राईले अब सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनको काम अघि बढाउने बताए । उनले भने,'पर्यटनमा सूर्योदय नगरपालिकाको नामले इलामलाई चिनाउने छौं ।'
 
फिक्कल माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरेको नगरपालिकाले पाँच बर्षमा करफोक माध्यमिक विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने योजना सुनाए । उनले नगरकै थप एक विद्यालयलाई समेत नमुना विद्यालयको रुपमा विकास गर्ने बताए । उनले विद्यालयमा व्लाकवोर्ड स्थापीत भइसककेले यसलाई थप प्रविधि मैत्री शिक्षणमा रुपान्तरण गर्ने बताए ।

उनले गाई पालन र दुग्ध उत्पादनमा व्यवसायीकता हासिल गर्दै आएको इलाम नगरपालिकाले नगरका पशुमा देखा पर्ने खोरेत रोगको नियन्त्रण गरी नगरलाई नै खोरोत मुक्त बनाउने योजना अघि सार्ने बताए । उनले भने,'खोरेत मुक्त दुग्ध परिकारको अन्तराष्ट्रिय बजारको खोजी गरेर तेस्रो मुलुकमा नियातको व्यवस्था गर्ने  गर्नेछौं|'

भ्रष्टाचार नियन्त्रणका लागि नयाँ नेतृत्वलाई परिचालन गर्ने उनको योजना छ । उनले भने, 'भ्रष्टचार नियन्त्रका लागि मेरो नेतृत्व दह्रो रुपमा उभिने छ, 'उनले भने, ‘आगामी कार्यकाल सूर्योदय नगरपालिकालाई नमूना नगर बनाउन सार्वजनिक प्रशासनलाई निष्पक्ष, पारदर्शी, भ्रष्ट्रचारमुक्त, जनउत्तरदायी र सहभागतामूलक बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन, भौतिक पूर्वाधार, प्रविधिमा योजनाबद्ध काम हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.