रूपनीसंगै सप्तरीमा मतगणना सम्पन्न

रूपनीसंगै सप्तरीमा मतगणना सम्पन्न

राजविराज : सप्तरीको रूपनी गाउँपालिकाको परिणाम सार्वजनिक भएसंगै १८ वटा स्थानीय तह रहेको सप्तरीको सम्पूर्ण मतगणना कार्य सकिएको छ। रूपनी गाउँपालिकामा निवर्तमान प्रमुख र उपप्रमुखलाई पराजित गर्दै लोसपाका उम्मेदवारहरू विजयी भएका छन्।

लोसपाका दिनेशकुमार यादव ४ हजार २६९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रूपनीले जनाएको छ। निकट्तम प्रतिद्वन्द्वी जसपाका हरेराम यादवले ३ हजार ९३५ मत ल्याए।     गाउँपालिका उपप्रमुखमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ ५६ मतको अन्तरले विजयी भइन्। श्रेष्ठले ३ हजार ७१० मत ल्याइन भने निकटतम प्रतिद्वन्द्वी जसपाकी बेचनीदेबी सरदार ३ हजार ६५४ मतमा समेटिइन्। यसअघि २०७४ को निर्वाचनमा राजपाबाट लडेकी श्रेष्ठ ९ मतको अन्तरले वडा नम्बर ६ मा महिला सदस्य भएकी थिइन्।

स्थानीय तह २०७४ को निर्वाचनमा राजपाबाटै लडेका हरेराम यादव र बेचनीदेबी सरदार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए। दुबै जना जसपा र लोसपा विभाजन हुँदा जसपामै रहे। पाँच वर्षको अवधिमा मतदाता बढेर १८ हजार १६५ भएपनि यसअघि हरेरामले ल्याएको ४ हजार ६८ र सरदारले ल्याएको ३ हजार ९३६ मत पनि यसपटक ल्याउन सकेनन्।

कुल ६ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्र र जसपाले २\२ तथा कांग्रेस र लोसपाले १\१ वडाध्यक्षमा विजयी हासिल गरेको छ।

लोसपाबाट वडा नम्बर १ मा ११४९ मत ल्याएर लीला यादव, वडा नम्बर २ बाट ५२६ मत ल्याएर माओवादीका सरोजकुमार यादव, वडा नम्बर ३ बाट ७३९ मत ल्याएर नेपाली कांग्रेसका अमर मुखिया, वडा नम्बर ४ बाट ६१८ मत ल्याएर नेकपा (माओवादी केन्द्र) का छेदी इशर, वडा नम्बर ५ र ६ बाट जसपाका क्रमशः गंगाराम यादवले १०११ र बद्रीनारायण सरदारले ८३८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन्। मुखिया र इशर यसअघि पनि वडाध्यक्ष थिए।

रूपनीको परिणामसँगै सप्तरीको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ। कांग्रेस जिल्लाको सर्वाधिक ५ स्थानीय तहमा निर्वाचित भएको छ। जसपा, एमाले र लोसपाले ३\३ स्थानीय तहमा जित हासिल गरेको छ। जनमत पार्टीले २ स्थानीय तह तथा नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले १\१ स्थानीय तहमा विजयी हासिल गरेको छ।

यसअघि २०७४ को निर्वाचनमा कांग्रेस, जसपा र लोसपाले ५\५, एमालेले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहमा विजय हासिल गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.