एमबाप्पे पीएसजीमै

एमबाप्पे पीएसजीमै

पेरिस : फ्रान्सका युवा स्ट्राइकर काइलिन एमबाप्पेले अन्ततः पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई नै रोजेका छन्। लामो समयदेखि स्पेनिस महारथी रियल म्याड्रिड जाने चर्चालाई टुङ्ग्याउँदै एमबाप्पेले आगामी तीन वर्ष पीएसजीमै बस्ने निर्णय गरेका हुन्।

एक दिन अघिसम्म म्याड्रिड पुग्ने छन् कि पेरिसमै बस्ने छन् भन्ने कौतुहलतालाई तोड्दै एमबाप्पेले पीएसजीलाई नै रोजेका हुन्। उनले रियल म्याड्रिड र पीएसजीसँग मौखिक सहमति पनि गरेका थिए। जसलाई एमबाप्पेकी आमा र उनका प्रतिनिधि फैजा लमारीले पनि पुष्टि गरेका थिए। रियल र पीएसजीले नयाँ सम्झौता वापत एमबाप्पेलाई एक सय ५० मिलियन युरो तिर्न राजी पनि भएका थिए। साथै वार्षिक ४० मिलियन युरो तलब उपलब्ध गराउन पनि सहमति जनाएका थिए।

तर, गत शुक्रबार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रियल बेटिसविरुद्धको खेलपछि एमबाप्पे आफ्नो क्लबमा नआउने जानकारी दिएका थिए। सन् २०१७ मा एमबाप्पे पीएसजी जाने बेलैमा रियलले उनलाई अनुबन्ध गर्न खोजेको थियो। त्यतिबेला मोनाकोमा तहल्का मच्चाएपछि उनलाई लिन रियल म्याड्रिड र पीएसजीबीच प्रतिस्पर्धा नै चलेको थियो। तर, त्यतिबेला पनि पीएसजीले नै बाजी मार्न सफल भएको थियो। त्यतिबेला एमबाप्पे भित्र्याउन असफल भए पनि भविष्यमा उनले रियलको जर्सीमा खेल्नेमा क्लब व्यवस्थापन विश्वस्त थियो। तर, यस पटक पनि त्यो आशा निराशामा बदलिएको छ। एमबाप्पेले सन् २०२५ सम्मका लागि पीएसजीमै बस्ने सम्झौता गरिसकेका छन्। सम्झौता नवीकरणसँगै एमबाप्पे सन् २०२५ को जुन ३० सम्म पीएसजीमै रहने छन्। २३ वर्षीय एमबाप्पेले पीएसजीका लागि यस सिजन २८ गोल र १७ असिस्ट गरेका छन्।

एमबाप्पेले फुटबल सिक्दै गर्दा उनी रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोका समर्थक थिए। रोनाल्डोको तस्बिर आफ्नो कोठामा पनि टाँसेका थिए। आफ्नो बाल्यकालको सपनाको रियल म्याड्रिड जाने अवसरलाई एमबाप्पेले पटक पटक नकारेपछि मोटो रकमका लागि पीएसजी रोजेको आरोप उनीमाथि लागेको छ। तर, आफूले पैसाका लागि पीएसजी नरोजेको एमबाप्पेले बताएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.