भरतपुरको मतगणना रोकियो, गणना स्थलमा छिरेका एमाले प्रतिनिधि प्रहरी नियन्त्रणमा

भरतपुरको मतगणना रोकियो, गणना स्थलमा छिरेका एमाले प्रतिनिधि प्रहरी नियन्त्रणमा

चितवन : भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।

नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएर गणना रोकिएको हो। गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ। एमालेका जिल्ला अध्यक्ष  रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्।

‘यो ठूलो इस्यु होइन। नियतशव होइन झुक्किएर गएको हो,’ उनले भने।

अहिले एमालेले ती प्रतिनिधिलाई छोड्नुपर्ने र अनिमात्रै गणना सुरु गर्नुपर्ने अडान लिएको छ। करिब चार बजेतिर यो घटना भएको हो।  

एमालेले पठाएका प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो। तर उनी कर्मचारी नभएको अन्य प्रतिनिधिले बताएपछि मतपत्र पट्याउँदै गर्दा प्रहरीले समातेर नियन्त्रणमा लिएको थियो। ती प्रतिनिधि अहिले प्रहरी हिरासतमा छन्।

‘एजेण्ट बाहिर बस्नुपर्ने भित्र गएर बसे, हाम्रा प्रहरी कर्मचारीले पनि निर्वाचन कर्मचारी भनेर रोकेनन्,’ एक प्रहरी अधिकारीले भने, ‘थाहा पाउने वितिकै समातेर निनयन्त्रणमा लिएका छौैं।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.