धरान उपमहानगरपालिकाका जनप्रतिनिधिले लिए सपथ

धरान उपमहानगरपालिकाका जनप्रतिनिधिले लिए सपथ

धरान  : सुनसरीको धरान उपमहानगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले मुख्य निर्वाचन अधिकृत तथा सुनसरीका १ नम्बरका न्यायाधीश कैलास सुवेदीबाट सपथ लिएका हुन्।

राईले सुनसरी सदरमुकाम इनरुमा सपथ खाएपछि धरान आएर अन्य जनप्रतिनिधिलाई सपथ खुवाएका हुन्। 

सुरुमा उममेयर अइन्द्रविक्रम बेघालाई मेयर राईले सपथ खुवाएका थिए। 

दोस्रो चरणमा धरानका २० जना वडाअध्यक्षले सपथ लिए। तेस्रो चरणमा  भने धरानका ८० जना वडासदस्यलाई सपथ गराइएको थियो । 

निर्वाचन अधिकृतको कार्यालयले सबै जनप्रतिनिधिहरुलाई प्रमाणपत्र  वितरण गरेको थियो । सपथ ग्रहण कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिप भण्डारीले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै धरानको विकास र समृद्धिमा एकभएर लाग्न सुझाव दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.