वीरगन्जमा गठबन्धनको फराकिलो अग्रता, राजेशमान र इम्तियाजको जित पक्का

वीरगन्जमा गठबन्धनको फराकिलो अग्रता, राजेशमान र इम्तियाजको जित पक्का

वीरगन्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा जित पक्का भइसकेका सत्ता गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहको अग्रता झन फराकिलो हुँदै गइरहेको छ।

महानगरको जारी मतगणनामा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सरावगीको भन्दा जसपाका उम्मेदवार राजेशमान सिंहले सोमबार अपरान्ह ४.३० बजे सम्म २० हजार २७३ मत बढि पाइसकेका छन्। जबकी अब ८ हजार ५३१ मत मात्रै बाँकी छ।

अब गन्न बाँकी रहेको मत भन्दा निकट प्रतिद्वन्द्वी भन्दा उनले अग्रता लिएको मतको संख्या दोब्बर भन्दा पनि बढी भएका कारण राजेशमानको जित सुनिश्चित भएको हो।

कुल मतदान भएको ९३ हजार ७८२ मतमध्ये सोमबार अपरान्ह ४.३० बजेसम्म ८५ हजार ३१ मत गणना भइसकेको छ। यो अवस्थामा राजेशमानले ४१ हजार ६२८ मत पाएका छन् उनका निकटतम प्रतिद्वन्द्वी सरावगीले भने २१ हजार ३५५ मतमात्रै ल्याएका छन्।

तेस्रो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार गिरिश गिरीले भने ३ हजार ७२ मत पाएका छन्।

वीरगन्ज महानगरको उपमेयरमा पनि जित सुनिश्चित भइसकेका गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमको पनि अग्रता थपिदै गएको छ।

अब ८ हजार ७५१ मतमात्रै गन्न बाँकी रहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलमले भने निकटतम प्रतिस्पर्धी भन्दा १८ हजार ६५४ मतको अग्रता लिइसकेका छन्।

उपमेयरमा आलमले २५ हजार ४८१ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले भने ६ हजार ८२७ मतमात्रै पाएका छन्। राप्रापकी विना जयसवालले ५ हजार १५ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ५ सय ७ मत पाएकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.