दोस्रोपटक भरतपुरकी मेयर बनिन् रेणु दहाल : यस्तो छ राजनीतिक यात्रा

दोस्रोपटक भरतपुरकी मेयर बनिन् रेणु दहाल : यस्तो छ राजनीतिक यात्रा

चितवन : २०३३ साल असार २३ गते चितवनको हालको भरतपुर महानगरपालिका १४ भिमसेननगरमा जन्मेकी रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी हुन्। बुवाको राजनैतिक यात्राले उनलाई पनि त्यसैमा आकर्षित गर्‍यो। 

त्यसो त उनलाई बुवाको कारण राजनितिको पहुँचमा रहेको भनि आलोचना नभएको पनि होइन तर उनको राजनैतिक गतिविधि उनका बुवासँगै सक्रिय थियो। देशको विकट अनि ग्रामीण क्षेत्रमा संगठनात्मक काममा उनको निकै सक्रियता थियो। 

२०५२ को तत्कालीन नेकपा माओवादीको विद्रोह सुरु हुँदा उनी १९ वर्षकी थिइन्। त्यसको ६ महिनासम्म उनको बुवाआमासँग सम्पर्क भएन।  भाइ प्रकाश र बहिनी गंगासँगै उनलाई पार्टीका केही नेता र कार्यकर्ताले भूमिगत शैलीमा भारतको सिलगुडीमा पुर्‍याए। त्यसपछि उनीहरु मुक्ति या मृत्यु भनेर  जनयुद्धमा होमिए।  जनयुद्धमा बुवासँगै दुनियाँका छोराछोरी मर्न तयार भएपछि हामी किन नलाग्ने भन्ने सोचाइले उनी त्यसमा लागिन्। उनी आफ्नै बुवाबाटै राजनीतिमा आउन अभिप्रेरित बनिन् र राजनितिमा सक्रिय बनिन्। 

मुलुकमा शसस्त्र द्वन्द्व भएकामा बेला रेणुले  २०५३ पछि माओवादीमा पूर्णकालीन सदस्य बनेकी हुन्। २०६१ देखि २०६३ सम्म  रेणुले नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्लाको  सह–इन्चार्जको रूपमा कार्य सम्पादन गरेकी थिइन्। २०६४ देखि २०७२ सालसम्म  उनले  नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाण्डौं सेक्रेटरी भएर जिम्मेवारी पूरा गरिन्। अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा प्रवासमा रहेरसमेत उनले काम गरेकी थिइन्। माओवादी जनयुद्धको भूमिगत कालमा भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेकी थिइन्। 

रेणु दाहाल अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् भने भरतपुर महानगरपालिकाकी इन्चार्ज पनि हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव हुन्। २०६४ सालको पहिलो संविधान सभामा उनी सदस्य भएकी थिइन्। दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भएकी थिइन्।

 उनले एसएलसि सम्मको अध्धयन गरेकी छन्। २०७४ साउन २२ गतेबाट उनले  भरतपुर महानगरपालिकाकी नगर प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। उनले गत बैशाख ९ गते राजीनामा दिएर दोस्रो कार्यकालको लागि उमेदवार बनेकी हुन्।  दहालले नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्यको रूपमा समेत काम गरिसकेकी छन्।  उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशको भ्रमण गरेकी छन्। 

चालिस वर्षको उमेरमा महानगरपालिकाको नेतृत्व सम्हालेकी रेणु दाहाललाई पहिलो कार्यकालको सफलताले जनताले फेरि पाँच वर्षको लागि भरतपुर महानगरपालिकाको नेतृत्व सुम्पेका छन्। त्यसमा पनि फराकिलो मतान्तरका साथ। 

पहिलो पटक मेयर बन्दा उनी अपरिचित नै थिइन्। यसपटक उनी कामको शिलशिलामा हरेक वडामा पुग्दा मतदातासँग उनको निकटता बढ्यो। महानगरमा भएका विकास र गतिविधिले उनलाई महानगरवासीसँग नजिक बनायो। त्यसैको आधारमा उनी महानगरपालिकामा फेरि मेयर बनेकी छन्। 

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले सुरुवातदेखि नै अग्रता बढाउँदै फराकिलो मतान्तरले विजय भएकी छन्। ‘मध्य नेपालको सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ नारासहित दाहालले आफ्नो पहिलो कार्यकालको सुरुआत गरेकी थिइन्। अहिले भरतपुरलाई नमूना सहर बनाउने प्रतिवद्धता उनको छ। उनको विजयको चर्चासँगै चुनौती पनि उत्तिकै छ। अब भरतपुरलाई स्मार्ट सिटिको रुपमा विकास गरेर देखाउनु उनको चुनौती हो।  उनको परीक्षाको घडी सुरु भएको उनले आफ्नो चुनावी घोषणा पत्रमा नै उल्लेख गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.