अमेरिकी राजदूत बेरीद्वारा मुस्ताङको झोङ गोम्पा पुननिर्माण उद्घाटन

अमेरिकी राजदूत बेरीद्वारा मुस्ताङको झोङ गोम्पा पुननिर्माण उद्घाटन

जोमसोम : नेपालका लागि अ‍ेमरिकी राजदूत र्‍यान्डी डब्लू बेरीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–२ को ऐतिहाँसिक झोङ छोदे गोम्पा पुननिर्माणको सोमबार एक समारोहकाबीच उद्घाटन गरेका छन्।

२०७२ सालको महाभूकम्पले क्षति तुल्याएको १३ औं शताब्दी पुरानो झोङ छोदे शेडुप छोपेल लिङ गुम्पा ३ वर्षपछि अमेरिकी तथा स्थानीय साझेदारी लगानीमा जीर्णोद्धार तथा पुननिर्माण सम्पन्न भएको हो।

गोम्पा जीर्णोद्धार तथा पुननिर्माण समापन उद्घाटन तथा अन्य कार्यक्रमसहित सोमबार तारा एअरको चार्टर उडानमार्फत काठमाडौंबाट सिधै मुस्ताङ आईपुगेका बेरीले पहिलो पर्यटकीय गाउँ मार्फाको अवलोकन र त्यसपछि वारागुङ–२ को झोङ पुगेर गोम्पा उद्घाटन गरेका हुन्।

अमेरिकी राजदूत बेरीसहित युएसआईडी नेपाल डिटेक्टर सेपिडे केभिन्साङ, दुतावासका प्रेस तथा सांस्कृतिक विभाग प्रमुख ग्यारेट विल्करसन, दुतावासका सांस्कृतिक विभागका धुब्र शाहलगायत ७ सदस्यीय टोली एकसाताका लागि मुस्ताङ आईपुगेको हो।

भूकम्पले जीर्ण बनेको झोङ छोदे गोम्पा जिर्णोद्धार तथा पूननिर्माणको उद्घाटनका लागि झोङ गाउँमा पुगेका राजदूत बेरीसहितको टोलीलाई गुम्पाका मुख्य लामा सोनाम, गोम्पा व्यवस्थापन समिति, स्थानीय तहका जनप्रतिनिधि र महिला समूहको टोलीले स्वागत गरेको थियो।

स्थानीय सांस्कृतिक भेषभुषाको पहिरनमा सजिएका स्थानीयले स्थानीय भाषको गीत गाउँदै गोम्पा स्थल पुर्याएका थिए। स्थानीय महिलाहरुले सांस्कृतिक प्रचलन अनुसार स्वागतका लागि क्याल्साङ गरेका थिए। अ‍ेमरिकी राजदूत बेरीको स्वागतपछि गुम्पा जीर्णोद्धार तथा पुननिर्माणलगायतको जिम्मा लिएको हेरिटेज एण्ड ईन्भाईरोमेन्ट कन्जर्भेसन फाउन्डेसन नेपालका मेम्बर सेक्रेटरी शेखर डंगोलले गुम्पा जीर्णोद्धार तथा पुननिर्माणमा भए गरेका प्रगतीको बारेमा अवलोकन तथा जानकारी गराएका थिए।

पुननिर्मित झोङ छोदे गोम्पाको अवलोकन तथा जानकारी लिएपछि राजदूत बेरीले लगत्तै पूननिर्माण गरिएको झोङ छोदे गुम्बाको उद्घाटन गरेका थिए। गोम्पा उद्घाटन गर्दै नेपालका लागि अ‍ेमरिकी राजदूत बेरीले नेपाल–अमेरिका सम्बन्ध ७५ औं वर्ष पूरा भएको र यसप्रकारका ससाना कामहरुले सम्बन्धलाई अझै बलियो बनाउँदै लैजाने विश्वाश व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.