चुनावमा अप्रत्यासित नतिजा आएपछि माओवादीका दुई नेताले दिए राजीनामा

चुनावमा अप्रत्यासित नतिजा आएपछि माओवादीका दुई नेताले दिए राजीनामा

उदयपुर : गठबन्धन हुँदापनि अप्रत्यासित नतिजा आएपछि उदयपुरको बेलका नगरपालिकामा नेकपा माओवादी केन्द्रका दुई पदाधिकारीले पदबाट राजीनामा दिएका छन्।

 
भागबण्डामा परेको उपमेयरलगायत वडा र सदस्यमा पार्टीलाई पहिलो बनाउन नसकेको भन्दै नगर कमिटी सचिव भरत घिमिरे र प्रवक्ता ललित राईले मंगलबार राजीनामा दिएका हुन्।
 
दुबैले संयुक्त एक विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा आफूहरूले पद छोडेको बताएका छन्। घिमिरेको गृहवडा ९ र राईको गृहवडा ४ मा माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले जित्न सकेनन्। वडा नम्बर ४ नै घर भएका माओवादी नगर कमिटी अध्यक्ष मनोज तामाङले उपमेयरमा हारेका छन्।

विज्ञप्तिमा पदबाट राजीनामा दिएपनि नगर पार्टीको काम र संगठनमा भने कृयाशिल रहने बताएका छन्। सचिव र प्रवक्ताको राजीनामाले नगर कमिटी अध्यक्ष तथा उपमेयरका उमेदवार तामाङमाथि समेत दवाब बढेको छ। 

बेलकामा माओवादीले गठबन्धन भएर पनि वडानं ७ र ८ मात्र जित निकालेको छ। कांग्रेससंग गठबन्धन गरेको माओवादीले मेयरमा कांग्रेसका अशोक कार्की र उपपमेयरमा आफ्ना उमेदवार मनोज तामाङ्गलाई चुनावी मैदानमा उतारेको थियो।
 
उपमेयरमा माओवादीका उम्मेदवार तामाङलाई ७८१ मतको अन्तरले एमालेकी जिरा राईले पराजित गरेकी थिईन्। त्यसैगरी मेयरमा कांग्रेसका कार्कीले एमालेका दुर्गा थापालाई ३ हजार १४० मतको अन्तरले पराजित गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.