पहिलो निर्णय नै धमाकेदार हुनेछ : नवनिर्वाचित मेयर दाहाल

पहिलो निर्णय नै धमाकेदार हुनेछ : नवनिर्वाचित मेयर दाहाल

चितवन : भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालले आफ्नो कार्यकालको सुरुवात जनताको मन जित्ने योजनाको साथमा सुरु गर्ने तयारीमा छिन्। उनले महिला र विपन्नलाई लक्षित गरेर योजना ल्याउने तयारी गरेकी छन्।

उनले जनताको विश्वासलाई आधार बनाएर प्रभावकारी कामबाट कार्यकाल सुरु गर्न लागेको बताईन। दोस्रो कार्यकालको लागि महानगर प्रमुखमा निर्वाचित दाहालले जनताको मन जित्ने योजना ल्याउन लागको बताइन्। अघिल्लो पटक भरतपुर अस्पतालमा महिलाहरुको लागि ओपिडी नि:शुल्क गर्ने निर्णय भएको थियो। ‘पहिलो निर्णय पनि निकै ब्यवहारिक र वैज्ञानिक गरेका रहेछौं भन्ने पुष्टि भएको छ। यसपालिको पहिलो निर्णय पनि अलि धमाकेदार हुन्छ जस्तो लागेको छ।’ उनले भनिन्, ‘भोलि(बुधवार) पदबहाली गर्छु। महिला र विपन्नलाई केन्द्रित गरेर ल्याउँछौं। त्यो के हो भोलि नै थाहा पाउनुहन्छ।’

सोचेको भन्दा राम्रो नतिजा आएको भन्दै दोस्रो कार्यकालको लागि हौसला पाएको बताइन्। पहिलो कार्यकाल जनताको भावनाअनुसार आफ्नो क्षमताले भ्याएसम्म गरेको बताउँदै अब आउने कार्यकालमा पनि जनताले अपेक्षा गरे अनुरुप अधुरा विकासको काम पुरा गर्ने बताइृन्। ‘विगत पाँच वर्षको मुल्याङ्कन गरेर दोस्रो कार्यकालको लागि अनुमोदन गरिदिनुभएको छ ’ उनले भनिन्, ‘स्थानीय तहमा मेरो अन्तिम कार्यकाल हो। यो अवसरलाई एक सेकेण्ड खेर नफाली दिलो ज्यानले काम गरेर जनतालाई निराश हुन दिने छैन।’

  
देशकै नमूना बनाउने विगतदेखि कै संकल्प पूरा गर्न जनताप्रति प्रतिवद्ध भएरअघि बढ्ने उनको प्रतिवद्धता छ। महानगरमा सुरु भएका ठूला पूर्वाधारको आयोजनालाई सम्पन्न गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताइन्। महानगरपालिकामा ढल ब्यवस्थापन, फोहोर ब्यवस्थापन, नारायणी पुलको पुर्ननिमार्ण, रोजगारीको सिर्जना उनको योजना छ।
 
भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल १२ हजार ४४६ मतान्तरका साथ फराकिलो मतले विजयी भएकी हुन्। उनले नेकपा (एमाले)का विजय सुवेदीलाई पराजित गरेकी छिन्।

दाहालले ५२ हजार २८ मत र सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरे। यस्तै चर्चामा रहेका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.