रेणु दाहालले सम्हालिन् कार्यभार : भरतपुर महानगरमा ७ हजार लिटरसम्म खानेपानी निशुल्क, छोरीको निशुल्क बिमा
चितवन : भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेणु दाहालले बुधबार कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै दाहालले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या समाधान र छोरीको निशुल्क बिमा गर्ने प्रतिबद्धता जनाएकी छन्।
कार्यभार सम्हालेलगत्तै उनले महानगरका विकट बस्तीमा पनि दुई वर्षभित्र खानेपानी पुर्याउने प्रतिबद्धता जनाएकी हुन्। दाहालले महानगरबासीलाई सात हजार लिटरसम्म खानेपानी निशुल्क दिने निर्णय गरेकी छन्। यो सुविधा महानगरका ५२ प्रतिशतले लाभ लिने आँकलन छ। जसमा महानगरको खानेपानीमा वार्षिक २ करोड ५० लाख रकम खर्च हुने अनुमान छ।
भरतपुर महानगरपालिकामा जन्मने छोरीलाई १ लाखसम्मको निशुल्क बिमा गर्ने उनले निर्णय गरेकी छन्। आजकै मितिबाट लागु हुने गरी पन्ध्र वर्षको बिमा गर्ने निर्णयले महिला र विपन्न समुदायलाई विशेष लाभ हुने अपेक्षा छ। सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएर जन्मने छोरीमा मात्र बिमा कार्यक्रम लागु गरिने बताइएको छ। महानगरले बिमाका लागि वार्षिक ३ हजार ३ सय रुपैयाँ दिने छ। जसबाट झण्डै यो वर्ष झण्डै १ हजार ७५० ले सुविधा पाउने छन् ।
उनले निर्वाचन अगाडि गरेका सबै बाचा आफूले पूरा गर्ने बताइन्। आफ्ना समर्थकहरुको साथमा महानगरपालिका प्रवेश गरेकी दाहाललाई कर्मचारीले स्वागत गरेका थिए। महानगरले बिमाका लागि वार्षिक ३ हजार ३ सय रुपैयाँ दिने छ। जसबाट झण्डै यो वर्ष झण्ड १ हजार ७५० लाई लाभ हुने आँकलन छ ।