बाइडेन एसिया भ्रमणबाट फर्केलगत्तै उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक मिसाइल प्रहार

बाइडेन एसिया भ्रमणबाट फर्केलगत्तै उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरिया : उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको सेनाले यस्तो दाबी गरेको हो। सियोलका अधिकारीहरूले प्योङयाङको सुनान क्षेत्रबाट यी मिसाइलहरु एक घण्टाभन्दा कम समयभित्रै प्रहार गरिएको बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेन पाँच दिने एसिया भ्रमणबाट भर्खरै फर्किएका बेलामा उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गरेको हो। भ्रमणकै क्रममा बाइडेन जापान र दक्षिण कोरिया गएका थिए।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै धेरै ब्यालेस्टिक मिसाइल परीक्षण गरिरहेको छ। जापानले बुधबार कम्तीमा दुईवटा मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको छ। जापानले यसको संख्या बढी हुन सक्ने बताएको छ।

जापानका रक्षामन्त्री नोबुओ किशीले पहिलो मिसाइल करिब ३०० किलोमिटर टाढा र ५५० किलोमिटरको उचाइमा पुगेको बताए। दोस्रो मिसाइल ५० किलोमिटर उचाई र लगभग ७५०किलोमिटर टाढा पुगेको बताए। नोबुओ किशीले यी परीक्षणहरूको आलोचना गरे र यसलाई अस्वीकार्य भने। यसले जापान र अन्तर्राष्ट्रिय समुदायको शान्ति, स्थायित्व र सुरक्षालाई खतरामा पार्ने उनको भनाइ छ।

अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले बाइडेनको भ्रमणका क्रममा उत्तर कोरियाले हतियार परीक्षण गर्न सक्ने चेतावनी दिएका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.