अमेरिकाको विद्यालयमा गोलीकाण्ड प्रकरण : हजुरआमाको हत्या गरेर स्कुल आएका थिए आक्रमणकारी

अमेरिकाको विद्यालयमा गोलीकाण्ड प्रकरण : हजुरआमाको हत्या गरेर स्कुल आएका थिए आक्रमणकारी

टेकस्सास : अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको गोली प्रहारबाट एक शिक्षकसहित २१ जना बालबालिकाको मृत्यु भएको छ।

टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

मृत्यु हुनेमा ७ देखि १० वर्ष उमेर समूहका बालबालिका छन्।

टेक्सास राज्यका गभर्नर ग्रेग याबटले रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती अठार वर्षीय आक्रमणकारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको जानकारी दिएका छन्।  

सो विद्यालयमा पाँच देखि ११ वर्ष उमेर समूहका करिब पाँच सय बालबालिका अध्ययन गर्छन्।

ती आक्रमणकारीले सेमी अटोमेटिक राइफल र ह्यान्डगन बोकेको अनुसन्धानकर्ताहरूले बताएका छन्। 

स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्ति सोही क्षेत्रमा उच्च माध्यमिक विद्यालयका विद्यार्थी रहेको अनुमान गरिएको छ। उनले दुईवटा मिलिटरी ग्रेड राइफल खरिद गरेका थिए । 

उनी बुलेटप्रुफ ज्याकेट लगाएर कक्षामा प्रवेश गरेका बताइएको छ।

यो घटनालाई सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो गोलीकाण्डको रुपमा लिइएको छ। 

सन् २०१२ मा कनेक्टिकटको स्यान्डी हुकको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणबाट २० बालबालिका र छजना कर्मचारीको मृत्यु भएको  थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.