पठनपाठन सुरू, छैनन् पाठ्यपुस्तक

पठनपाठन सुरू, छैनन् पाठ्यपुस्तक

काठमाडौं : सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ देखि सुरु गर्ने निर्णय गर्‍यो । अहिले देशभरका अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन सुरु भइसकेको छ । तर, विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन । विद्यार्थी पाठ्यपुस्तकविनै पढिरहेका छन् । सरकार भने गैरजिम्मेवार जवाफ दिएर बसेको छ ।

विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्नु र समयमै नछापिनुको  कारण के हो त ?  पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्रीका अधिकारीहरु भन्छन्, ‘स्थानीय तह निर्वाचन, कोरोना तेस्रो लहर र रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रियस्तरमै कागजको अभाव भयो।' 

भर्नाकै बेला विद्यार्थीको हातहातमै पाठ्यपुस्तक भन्ने सरकारको नारा औपचारिकतामै सिमित भएको छ ।

विसं २०७९ सम्म माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गर्ने सरकारको योजना छ । सोहिअनुरुप यो वर्षदेखि कक्षा ४,७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएको छ । नयाँ पाठ्यक्रम लागू हुने भएपछि पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । तर, जनक शिक्षा सामाग्री संवेदनशिल नबन्दा अझै ३५ लाख पाठ्यपुस्तक छपाइ हुन बाँकी छ ।

जनक शिक्षा सामग्रीका अनुसार कक्षा ४ देखि १० सम्म एक करोड ९८ लाख पाठ्यपुस्तक आवश्यक पर्छ । १ करोड ६३ लाख पाठ्यपुस्तक छपाइ भइसकेको छ । कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने जिम्मा पाएको छ । अहिले केहि विद्यालयमा कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक अभाव देखिएको छ । छापिएका पुस्तक पनि पूरा सेटमा नहुँदा बिक्रेताले ढुवानी गर्न आनाकानी गर्दै आएका छन् ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १ र ११ को वि.सं २०७७ मा पाठ्यक्रम परिवर्तन भयो । कक्षा २, ३, ६, १२ को वि.सं २०७८ मा पाठ्यक्रम परिवर्तन भयो ।

शैक्षिकसत्र सुरु भएको दुई साता वितिसक्दा पनि अहिलेसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । सरकारले जेठ १ देखि शैक्षिकसत्र सुरु गरेपनि सरकारी विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको हो । माध्यामिक तहको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनकशिक्षा सामग्रीको हेलचेक्रयाइका कारण पाठ्यपुस्तक पुग्न नसकेको देखिन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीला बज्राचार्यले कार्यतालिका बमोजिम पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको स्वीकारिन् । उनले भनिन्,' सबैभन्दा कागजसम्बन्धी कच्चा पदार्थ रुसबाट आउँछ । रुस र युक्रेनको युद्धले पनि कागज आउन ढिलाइ भयो । त्यसकारण पनि पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको हो । ’

जनक शिक्षा सामग्री लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले कागज समयमा नआउँदा पाठ्यपुस्तक छपाइमा केहि ढिलाइ भएको बताए । उनले भने, 'चैत १० भित्र कागज आपूर्ति गर्ने सम्झौता भएको थियो । तर, रुस–युक्रेन युद्ध, कोरोनाको तेस्रो लहरले पनि कागज ढिलो गरी प्राप्त भयो । कागज उत्पादन युरोपियन देशबाट हुन्छ । रुसबाट सबैभन्दा धेरै कागज आपूर्ति हुन्छ ।’

निजी व्यसायीहरुले पाठ्यपुस्तक ढुवानीमा ९ प्रतिशत कमिसन मागेका कारण पनि समस्या आएको बताए । छापिएका पाठ्यपुस्तक जेठ ९ गतेदेखि देशभरका ९ वटा डिपोबाट वितरण थालिएको बताए । दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य अघि बढेको बताए ।

जनक शिक्षाले प्रज्ञा प्रतिष्ठानलाई केहि पाठ्यपुस्तक छाप्न दिने भन्दै प्रक्रिया अघि बढिसकेको जनाएको छ । झाले भने, 'असार पहिलो सातासम्म पाठ्यपुस्तक छपाइ सक्छौं । र, लगत्तै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्छ । ’
पाठ्यपुस्तक छपाइमा सरकारले टेण्डर आह्वान गरेपनि निजी मुद्रणले नचाहेको जनक शिक्षा बताउँछ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले यो शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू हुने बताए । उनले भने, '२०७९ सबै माध्यामिक तहका सबै विषयको पाठ्यक्रम परिवर्तन गर्ने सरकारको योजना छ ।  पाठ्यक्रम परिमार्जन गर्नुपर्ने भएका कारण पनि पाठ्यपुस्तक नयाँ छाप्नुपरेको हो ।'

कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक वितरण र छाप्ने जिम्मा भने निजीले पाएको छ ।

संसदीय समितिले भने एक महिनाभित्रै पाठ्यपुस्तक आपूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तीले अबको एक महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरी तदारुकता देखाउन जनक शिक्षा सामग्रीलाई निर्देशन दिएकी हुन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.