गुल्मीमा चट्याङ लागेर एकको मृत्यु
गुल्मी : चट्याङ् लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ।
मंगलबार राति लागेको चट्याङ्ले जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षिय राधिका भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।