भारतसँग सम्बन्ध सुमधुर हुने पाकिस्तानी विदेशमन्त्रीको विश्वास

भारतसँग सम्बन्ध सुमधुर हुने पाकिस्तानी विदेशमन्त्रीको विश्वास

नयाँदिल्ली : पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले एक दिन पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन्।

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उनले भारतसँग पाकिस्तानको सम्बन्ध अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताएका हुन्।

‘आज नभए भोलि, त्यो दिन अवश्य आउनेछ, जब हाम्रो सम्बन्ध सुमधुर बन्नेछ र हामी आफ्नो पूर्ण आर्थिक क्षमता विस्तार गरुी समृद्धिको फल बाँड्नेछौँ,’ भारतसहितका छिमेकीसँग आर्थिक एवं व्यापारिक अवसर खोल्न पाकिस्तानले थालेका प्रयासबारे जानकारी दिँदै विदेशमन्त्री जर्दारीले भने।

हाल भारतसँग पाकिस्तानको सम्बन्ध स्पष्टरूपमा अगाडि नबढेको तर एक दिन अन्तर्राष्ट्रिय संस्थासँगको सहयोग र समन्वयमा अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्ने स्थितिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले कुनै न कुनै दिन छिमेकी भारतसँग कूटनीतिकरुपमा मात्र नभई आर्थिकरूपमा पनि संलग्न हुने बताए। पीटीआई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.