कालीगण्डकीको पहिलो निर्णय : पालिकामा ग्यास सिलिण्डर बुझाउनेलाई, इन्डक्सन चुल्हो सित्तैमा

कालीगण्डकीको पहिलो निर्णय : पालिकामा ग्यास सिलिण्डर बुझाउनेलाई, इन्डक्सन चुल्हो सित्तैमा

स्याङ्जा :  कालीगण्डकी गाउँपालिकाले पालिकाकाका युवालाई सीप र गृहिणी महिलालाई इन्डक्सन चुल्हो दिने भएको छ। 

पालिकाका सबै युवालाई सीप र गृहिणीलाई इन्डक्सन चुल्हो उपलब्ध गराउने कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले निर्णय गरेका हुन्। 

अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष साबित्रा कोइरालाले पालिकामा आयोजित पदभार ग्रहणपछिको पहिलो बैठकले सो निर्णय गरेको हो। 

अध्यक्ष थापाका अनुसार पालिकाबासीका घर–घरमा रहेका ग्यास सिलिण्डर पालिकाले लिने र इन्डक्सन चुल्हो नि:शुल्क दिने भएका हो। 

बिजुलीबाट खाना पकाउने चुल्हो (इन्डक्सन) र पालिकाका झण्डैं २ हजार युवालाई क्षमता अनुसारको प्राविधिक सीप आगामी गाउँसभाबाट पारित गरेर कार्यान्वयन गरिने उनले बताए।

उनका अनुसार आलमदेवी बुहप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङका कक्षा सञ्चालन सुरु भइसकेको छ।

गाउँपालिकाका ४ हजार ७ सय घरधुरीमध्ये यसअघि २ सय घरधुरीले इन्डक्सन चुल्हो पाइसकेको उनको भनाइ छ।

वडा नं. १ र ५ मा अघिल्लो वर्ष वितरण गरिएको हो। 

सातवडा रहेको पालिकाले यसअघि प्रतिघर २० यूनिट विद्युत निशुल्क उपलब्ध गराएको थियो। इन्डक्सन चुल्हो वितरण गर्ने तयारी भएसँगै अब ३० युनिट विद्युत निशुल्क उपलब्ध गराउने गरी कार्यविधि बनाउन जुटेको छ।
मुलुकको ठूलो कालीगण्डकी ए जलविद्युत उत्पादन केन्द्र पनि यही पालिकामा पर्दछ। 

पदभारपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित अन्य कर्मचारी । तस्बिर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.