कश्मीरमा आतंकवादी र सुरक्षाकर्मीबीच भिडन्त : चार आतंकवादी मारिए

कश्मीरमा आतंकवादी र सुरक्षाकर्मीबीच भिडन्त : चार आतंकवादी मारिए

कश्मीर : बिहीबार राती जम्मू कश्मीरमा सुरक्षाकर्मीसँग भिडन्तका दुई घटना भएका छन् ।  श्रीनगरमा पहिलो भिडन्तमा लस्कर-ए-तैयबाका दुई आतङ्ककारी मारिएका छन्। दोस्रो भिडन्त अवन्तिपुरामा भएको थियो। त्यहाँ टिभी कलाकार अमरिन भट्टको हत्यामा संलग्न दुई आतंककारी मारिएका छन् ।

कश्मीरका आईजी विजय कुमारले मारिएका विद्रोहीहरूबाट एक एके-४७ राइफल र एउटा पेस्तोल बरामद गरिएको बताएका छन्। उनका अनुसार पछिल्लो तीन दिनमा प्रहरीले भिडन्तमा १० चरमपन्थी मारेको छ । जसमध्ये ७ जना लस्कर–ए–तैयबासँग र तीन जना जैश मोहम्मदसँग सम्बन्धित थिए ।

पछिल्लो समय कश्मीरमा आतंकवादी र सुरक्षा बलबीच झडप बढेको छ । केही दिनअघि उपत्यकामा काश्मिरी पण्डित राहुल भट्टको हत्यापछि काश्मिरी पण्डितहरूको प्रदर्शन जारी छ र सरकारविरुद्ध आक्रोश देखिएको छ। बीबीसी


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.