कञ्चनजंघामा २६ वर्ष अघिदेखिको फोहोर, दुईजनाको अस्थिपञ्जर फेला

कञ्चनजंघामा २६ वर्ष अघिदेखिको फोहोर, दुईजनाको अस्थिपञ्जर फेला

ताप्लेजुङ : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको पहिलो पटक सफाई गरिएको छ। नेपाली सेनाको अगुवाईमा हिमालको सफाई गरिएको हो।

हिमाल सफाईका क्रममा हिमालको आधार शिविरमा पहिचान हुन नसकेका दुईवटा मानव अस्थिरपञ्जर फेला पारेको छ। सफा हिमाल अभियानका क्रममा त्यहाँ पुगेको सफाई टोलीले अस्थिरपञ्जर फेला पारेको हो। अस्थिरपञ्जर पहिचान हुने अवस्थामा नरहेकाले कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरीलाई बुझाएको अभियानको नेतृत्व गरिरहेका नेपाली सेनाका मेजर समिरबहादुर बस्नेतले बताए।

उनका अनुसार कञ्चनजंघाबाट १५ हजार ३७३ केजी फोहोर संकलन गरेको हो। जसमध्ये कुहिने ३ हजार १७ केजी फोहोर फक्ताङ्लुङ गाउँपालिकालाई बुझाएको र बाँकी नकुहिने १२ हजार ३५६ केजी फोहोर ट्रकमार्फत काठमाण्डौ लगिएको मेजर बस्नेतले बताए।

बेस क्याम्पबाट १३ हजार ६७८ केजी, एडभान्स बेसक्याम्पबाट १ हजार ४ सय केजी, क्याम्प टूबाट २५५ केजी, क्याम्प थ्रि बाट ३० केजी र क्याम्प फोर बाट १० केजी फोहोर संकलन गरिएको हो। जसमा सन १९९६ देखिको फोहोर भेटिएको थियो। ‘हिमाल सफाईका क्रममा सन १९९६ देखिका फोहोर भेट्यौँ। केहि फोहोर आगोले सल्काएर पुरेको पनि भेटियो।’ मेजर बस्नेतले भने ‘सवैभन्दा धेरै चाहिँ हिमाल चढ्ने डोरी र खाली टीनका बट्टाहरु थिए।’

सेनाले अगुवाई गरेको अभियानको ह्यान्डलिङ एजेन्सीका रुपमा पिक प्रमोशन कम्पनी रहेको थियो। यसअघि बैशाख २४ गते नेपाली सेनाका २ सहित हिमाल सफाई अभियानका ६ जना शिखरमा पुगेका थिए। नेपाली सेनाले कञ्चनजंघा विश्वको तेस्रो अग्लो हिमाल सफाईमा सेनाले मेजर समिर बहादुर बस्नेत र शेर्पा सरदार छिरिङ जाङबु शेर्पासहित १० जनाको टोलीलाई वैशाख ३ गते काठमाडौंबाट बिदाई गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.