पुतलीबजारमा ‘ईको भिलेज’ र ‘हरित रोजगार’ कार्यक्रम

पुतलीबजारमा ‘ईको भिलेज’ र ‘हरित रोजगार’ कार्यक्रम

स्याङ्जा : पुतलीबजार नगरपालिकाभित्रका ३ वटा पर्यटकीय क्षेत्रमा ‘ईको भिलेज’ स्थापना र ‘हरित रोजगार’ मा जोड दिइने भएको छ। तरकारी तथा पशुपालनमा जोड दिई खाद्य बस्तुको आवश्यकतालाई स्थानीय स्तरमा परिपूर्तिगरी होमस्टेमा स्थानीय खानाको प्रवर्द्धन गर्ने उद्धेश्यले इको भिलेजको स्थापना गर्ने जनाईएको हो।

नगरभित्र ५० हजार सुन्तलाका बिरुवावितरणसहित ३ सय रोपनी बाँझो जग्गामासमेत हरित उद्यम सिर्जना गर्ने भएको छ। संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) र पुतलीबजार नगरपालिकाको आर्थिक प्राविधिक सहयोगमा नगरपालिकामा हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल परियोजनाले सो कार्य गर्ने भएको हो।

परियोजनाले २ सय ९५ जना दक्ष नर्सरी ब्यवस्थापक बनाई ५ लाख बिरुवा उत्पादनगरी २ हजार मेट्रीक टन तरकारी उत्पादन गर्न सक्षम बनाउने जनाएको छ। साथै २५ वटा टनेल, २५ वटा ग्रीन हाउस, ५ वटा गड्यौला मल बनाउने केन्द्रसमेत स्थापना गर्ने जनाएको छ।

परियोजना विगत ३ वर्षदेखि पुतलीबजारमा संचालनमा छ। यहाँका १४ वटै वडामा संचालन हुनेछ। कोभिड १९ को महामारीबाट नगरमा सामाजिक र आर्थिक रुपमा गम्भीर प्रभावित भएका बिशेषगरी महिला, युवा, अशक्त ब्यक्तिका जीवनस्तरमा सुधार ल्याउने उदेश्यले परियोजना संचालनमा ल्याइएको हो।

पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई हरित पुनउत्थान परियोजनाका बारेमा जानकारी गराउँदै किसानलाई उद्यमशिलता र प्राविधिक ज्ञान बृद्धि गराई उत्पादित बस्तुको बजारीकरण, आधुनिक उपकरणको प्रयोगसंगै नयाँ सोचसहित ब्यवसायमा संलग्न गराई महिला तथा सिमान्तकृत वर्गलाई हरित रोजगारीमार्फत समाजिक प्रगती र आर्थिक बृद्धि सुनिश्चितता गर्ने परियोजनाको मुख्य उदेश्य रहेको संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम गण्डकी लुम्बीनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिए।

हरित पुनःउत्थान परियोजनालाई नगरका १४ वटै वडामा संचालनमा ल्याई किसानका रुची र नगरको भुगोल अनुरुप मौसमी तथा बेमौसमी कृषि ब्यवसायमा आर्कर्षण बढाई आर्थिकोपार्जनमा जोड दिने नगरप्रमुख तुलसीराम रेग्मीले बताए।‘किसान उत्पादन र उत्पादित कृषि उपजको बजारीकरणको जिम्मेवारी नगरपालिकाले लिनेछ।’ उनले भने, ‘कृषि एम्बुलेन्सको ब्यवस्था सहित किसानका उत्पादनमूल्य हामी उपलब्ध गराउनेछौं।’

सोही कार्यक्रमका उपप्रमुख देवी अर्यालले धेरै भन्दा धेरै महिला दिदीबहीनीलाई तालिम उपलब्ध गराई ब्यवासायमा आवद्ध गराउनेगरी महिलामैत्री कृषि प्रबिधिमा जोड दिने बताईन्।

कार्यक्रममा प्रधानमन्त्री सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ति, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, वडाध्यक्ष अग्नीप्रसाद पौडेल, सहजकर्ता भावना शर्मा लगायतले नगरले विगतका अभ्यास र अव गर्नुपर्ने कामका बारेमा सुझावसहित जानकारी गराए।

परियोजना अन्तर्गत कृषि उत्पादन र पशुधन, उद्यम विकास, उद्यमशीलता, व्यवसाय प्रवर्धन तथा नवपर्वतन केन्द्रको स्थापना, जिविकोपार्जन सुधारको लागि ईको टुरिजम प्रवर्धन, प्रशोधन केन्द्र निर्माण, कमजोर एवं विपन्न समुदायको लागि जिविको पार्जनमा सुधार, माटो परिक्षण केन्द्र स्थापना आदि काम गरिने कार्यक्रम संयोजक पुजा अर्यालले बताईन्।

पुतलीबजार नगरपालिकाको झण्डैं १ करोड ४३ लाख, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको १ करोड १६ लाख र अन्य १० लाखगरी झण्डैं २ करोड ७० लाखको लागतमा संचालित सो परियोजना सन २०२३ मार्चसम्म संचालनमा रहने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.