युक्रेनको सहायताभन्दा विद्यालयको सुरक्षालाई प्राथमिकता दिन ट्रम्पको सल्लाह

युक्रेनको सहायताभन्दा विद्यालयको सुरक्षालाई प्राथमिकता दिन ट्रम्पको सल्लाह

वासिङटन डिसी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको हमलाप्रति प्रतिक्रिया दिँदै अमेरिकाले युक्रेनलाई दिने सहयोगभन्दा आफ्नो विद्यालयको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

पूर्व राष्ट्रपति ट्रम्पले युक्रेनलाई अर्बौं डलर सहयोग गर्न सक्ने अमेरिका आफ्ना बालबालिकालाई सुरक्षित राख्न जे पनि गर्न सक्षम भएकोमा कुनै शंका नभएको बताए। डोनाल्ड ट्रम्पले ह्युस्टनमा नेशनल राइफल एसोसिएशनको बैठकमा यो बयान दिएका हुन्। नेशनल राइफल एसोसिएसन अमेरिकाको सबैभन्दा ठूलो बन्दुक समूह हो।

पूर्व अमेरिकी राष्ट्रपतिको बयान उभल्देको रोब प्राथमिक विद्यालयमा भएको आक्रमणको तीन दिनपछि आएको हो। यस आक्रमणमा कुल २१ जनाको मृत्यु भएको थियो। जसमध्ये १९ जना साना बालबालिका थिए।

अमेरिकाका पूर्व राष्ट्रपतिले इराक र अफगानिस्तानमा ट्रिलियन खर्च गरे पनि त्यसबाट केही हासिल नभएएको बताए। ट्रम्पको यो सम्बोधनलाई जनताले ताली बजाएर स्वागत गरेका थिए।

ट्रम्पले  विश्व निर्माण गर्नु अघि आफूहरुले आफ्ना देशका बालबालिकाका लागि आफ्नै देशमा सुरक्षित विद्यालयहरू निर्माण गर्नुपर्ने बताए।

यस महिनाको सुरुमा अमेरिकी संसदले युक्रेनलाई करिब ४० अर्ब डलर सैन्य सहायता दिने पक्षमा मतदान गरेको थियो। फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकाले ५४ अर्ब डलर सहयोग गरेको छ।

यसै क्रममा अमेरिकामा बन्दुक राख्नेमाथि कडा नियन्त्रणको माग उठिरहेको छ। ट्रम्पले  विद्यालयको सुरक्षाका लागि ‘फुल-ओभरहालिङ’ प्रस्ताव गरेका थिए। आफ्नो सम्बोधनका क्रममा ट्रम्पले यस हमलामा मारिएकाहरुको नाम पढेर सम्झिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.