पूर्व एसएसपीले वडासदस्यमा बाजी मारे

पूर्व एसएसपीले वडासदस्यमा बाजी मारे

उदयपुर : स्थानीय तह निर्वाचनमा धेरैको नजर त्रियुगा नगरपालिका-८ मा केन्द्रित थियो। एकातर्फ वहालवाला परराष्ट्र मन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्काको घर भएको वडा त अर्कोतर्फ सशस्त्र प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) इन्द्रराज कार्कीको वडा सदस्यको उमेदवारी।

घर भएकै वडाका कारण डाक्टर खड्कालाई वडामा चुनाव जित्नै पर्ने नैतिक दवाव थियो भने अर्कोतर्फ उच्चओहोदा एसएसपीबाट सेवानिवृत भएका कार्कीको राजनीतिक यात्राको प्रवेश थियो।

दुवै विषय निर्वाचन अवधिभर निकै चर्चामा रहे। डाक्टर खड्काको साख गिराउन सकिन्छ कि सकिदैन र पूर्वएसएसपीले चुनाव जित्छन कि जित्दैनन् भन्ने सबैका लागि उत्सुकता र चासोको विषय बन्यो। उसो त जिल्लामा मात्र हैन एसएसपी कार्कीको विभिन्न सञ्चारमाध्यममा आएका समाचारका कारण पनि प्रहरी विभागदेखि लिएर उच्चओहोदाका कर्मचारीको पनि ध्यान त्यहीँ थियो।

निकै रोमाञ्चक र आकर्षणको केन्द्रमा रहेको वडा नं ८ मा अन्ततः एसएसपी कार्कीले चुनावी वाजी मारे। उनका अगाडि वहालवाला मन्त्रीकोसमेत केही लागेन। कांग्रेस पकड क्षेत्र मानिएको यो वडामा एमालेबाट कार्की मात्र सदस्य पदमा विजयी भए बाँकी वडाध्यक्ष र तीन सदस्य गरी ४ पदमा कांग्रसले नै बाजी मार्यो।

यो वडा कांग्रेसको जिल्लाकै सबैभन्दाबढी कृयासिल सदस्य रहेको वडा हो। जहाँ ४५७ जना कृयासिल सदस्य रहेका छन्। चुनौतीका बाबजुद एसएसपी कार्कीले १७ मतको अन्तरले वाजी मार्नु निकै रोमाञ्चक देखिन्छ।

सुरुदेखि नै निकै प्रतिसपर्धामा देखिएका कार्कीले अन्तिम मतपरिणाम आउँदा विपक्षी कांग्रेसका उम्मेदवार शिवकुमारी चौधरीलाई पराजित गरेका हुन्। कार्कीले ७०१ र प्रतिस्पर्धि चौधरीले ६९४ मत प्राप्त गरे। वडानं ८ मा कांग्रेसका वडाध्यक्षका उमेदवार राजकुमार राउतले ६९ मतको अन्तरले एमालेका उमेदवार नवराज कार्कीलाई पछि पारेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.