उदयपुरको त्रियुगा १० को वडाध्यक्षमा गोलाप्रथाबाट एमालेका पाण्डे विजयी
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० को वडाध्यक्षमा गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार किरण पाण्डे विजयी भएका छन् ।
सुरुवातीदेखि नै बराबर मतमा प्रतिष्पर्धा गरेका पाण्डेले निर्वतमान वडाध्यक्ष कांग्रेसका उम्मेदवार प्रकाशकुमार खड्कालाई गोलाप्रथाबाट पराजित गरेका हुन् ।
दुबैले १ हजार ५३ मत प्राप्त गरेका थिए ।
बाँकी ४ वडा सदस्यमा एमालेका उमेदवार तिलकबहादुर सार्की, सनीदेव मगर, आशा राई र उर्मिला विक भारीमतले विजयी भएका छन् ।
त्रियुगामा मेयर पदमा नेपाली कांग्रेसका बसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई निर्वाचित भएका छन् ।
मुख्यनिर्वाचन अधिकृतको कार्यालयले मेयर र उपमेयमा औपचारिक घोषणा गर्न बाँकी छ ।
गोलाप्रथाबाट निर्वाचित भएका त्रियुगा नगरपालिका १० का वडाध्यक्ष किरण पाण्डे ।