घाइते गिता माझीको मृत्यु

घाइते गिता माझीको मृत्यु

चितवन : श्रीमानको शारिरीक यातनाले सख्त घाइते भएकी गिता माझीको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारत खैरहनी नगरपालिका-१० कठार निवासी ३८ वर्षीया माझीको सोमबार राती मृत्यु भएको हो। 

बिहीबार श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा मलद्वार र यौनाङ्गबीचको भाग च्यातिएको थियो। सोमबार उनको शल्यक्रिया गरिएको थियो। त्यसपछि उनी आफैँ शौचालय गएकी थिइन् ।

एक्कासी मुटुको धड्कन बन्द भएर मृत्यु भएको अस्पतालका सर्जन डा. दिपेन्द्र न्यौपानेले बताए। ‘यौनी र दिसाघरमा ठूलो चोट लागेको थियो। यसलाई सेरेनियम टियर भनिन्छ। यो सबैभन्दा खतराक घार थियो। तीन दिन औषधी चलाएर शल्यक्रिया गरेका हौं , ’ डा. न्यौपानेले भने , ‘रगत नलीमा हावा भएर वा अचानक हृदयघातको कारण पनि मृत्यु भएको हुन सक्छ। ’

श्रीमान रामचन्द्र माझीले पटक पटक कुटपिट गर्दै आएका थिए। रामचन्द्र प्रहरी हिरासतमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.