जिससमा पनि गठबन्धन

जिससमा पनि गठबन्धन

काठमाडौं : सत्ता गठबन्धनले जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ। गठबन्धन दलको बैठकमा निर्वाचनको समीक्षासँगै अगामी दिनमा राजनीतिका विषयमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ। 

सोमबार अपराह्न बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै अहिले आएको नतिजालाई गठबन्धनको सफलता मान्नुपर्ने निचोड निकालेको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको बैठकमा जिल्ला समन्वय समिति र कार्यपालिका निर्वाचनलगायतका विषयमा छलफल भएको बताए। 

पौडेलले भने, ‘निर्वाचनको समीक्षा गर्दा तालमेल भएका ठाउँको नतिजा सन्तोषजनक रहेको सबै साथीहरूको निष्कर्ष रह्यो। केही ठाउँमा कमजोरी भएका छन्। सबैले सबैलाई पूर्ण रूपमा सहयोग गरेको अवस्था छैन। अब समितिको निर्वाचनमा पनि गठबन्धन गरेरै अगाडि बढ्ने सल्लाह भएको छ।’  

राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेलले गठबन्धन हुबहु लागू हुन नसकेको जस्तो सबै गठबन्धन दल लागेको बताइन्। ‘गठबन्धनले लगाएको नियम कतिपय ठाउँमा लागू हुन सकेन। कतिपय स्थानमा एमालेसँग पनि स्थानीय आवश्यकताको आधारमा दलहरूबीच समन्वय भयो। राष्ट्रिय जनमोर्चाले मात्र गठबन्धनको नियम पालना ग¥यो अन्यको हकमा त्यो भएन,’ उनले भनिन्, ‘हामीलाई तयारीका लागि समय कमि भयो। कमि कमजोरका बाबजुद पनि अहिलेको नतिजा राम्रो आएकोले गठबन्धन दल सबै सन्तुष्ट छौं।’  बैठकले स्थानीय कार्यपालिकाको निर्वाचन र जिससको निर्वाचनमा गठबन्धन दलसँग आबद्ध पार्टीबीच सहमति कायम गरी अगाडि बढ्न दलका प्रदेश र जिल्लास्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरेको छ। 

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेता सहभागी थिए। यस्तै, गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समिति संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.