लहान कार्यपालिकाको पहिलो बैठक : डिजे साउण्ड बन्ददेखि किरिया खर्च वितरणसम्म

लहान कार्यपालिकाको पहिलो बैठक : डिजे साउण्ड बन्ददेखि किरिया खर्च वितरणसम्म

सिरहा : लहान नगरपालिकाको पहिलो कार्यपालिकाबाट बैठकबाट ११ वटा निर्णयहरु गरेको छ। जसमा ध्वनी प्रदुषण रोक्न डिजे साउण्ड बन्द गर्नेदेखि मुसहर समुदायलाई मृत्युकर्म गर्न करिया खर्च वितरणसम्म छ। 

पहिलो बैठकबाट धन्यवाद ज्ञापन, किरिया खर्च, राहत, सिफारिस शुल्क, नगर बस भाडा, स्यानेटरी प्याड वितरण, विषयगत विज्ञ नियुक्ति, ध्वनी प्रदुषण, सडक मर्मत, ग्राभेल आपूर्ति र सूचना बोर्ड हटाउने गरी ११ वटा निर्णय गरेको हो। 

धार्मिक सांस्कृतिक कार्यहरुको नाममा ठूलो आवाजमा डिजे बजाएको स्थानीयवासीहरुबाट गुनासो बढ्न थालेपछि यस्तो निर्णय गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए। ‘निर्णय भएसँगै कार्यान्वयन प्रक्रियामा बढाउँछौँ। पहिलो पटकलाई ११ सय जरिवाना तिराउने र पुनः सोही व्यक्तिले बजाए। सामग्री जफत गरिनेछ,’ उनले भने, ‘जफत गरिसकेपछि कानून अनुसार कारवाही प्रक्रियामा लग्नेछौँ।’

मुसहर समुदायलाई किरिया खर्चको लागि ५ हजार सहयोग, कोरोना संक्रमणले पिडित भएका परिवारलाई १० हजारको दरले १५५४ जनालाई राहत वितरण गर्ने निर्णय भएको छ। जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता र नागरिकता सिफारिसमा लाग्ने दस्तुर निःशुल्क गर्ने प्रमुख चौधरीले जानकारी गराए। 

नगर बस सेवा निजीक्षेत्रलाई भाडामा लगाई सञ्चालन गर्ने निर्णय भएको छ। त्यसमा रुट र भाडा दर नगरपालिकाले निर्धारण गर्ने जनाएको छ। कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउन खरिद प्रक्रिया बढाउन निर्णय पनि भएको छ। 

शिक्षा, स्वास्थ्य, सरसफाईलगायत क्षेत्र हेर्नेगरी विषयगत विज्ञ नियुक्ति गर्ने प्रमुख चौधरीले बताए। वर्षाको कारण स्थानीयवासीलाई आउजाउ गर्न कठिनाई भोग्नु परिरहेको भोटियाटोल–सितापुर र लहान १६ स्थित गोविन्दपुर देखि भसुवा, भमरे, काभ्रे स्थानसम्मको सडक मर्मत तत्काल गर्ने निर्णय भएको छ। यसैगरी हिलो भएको ठाउँहरुमा तत्काल ग्राभेल गर्न ग्राभेल आपूर्ति गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.