भारतीय गायक केकेको हृदयघातका कारण मृत्यु

भारतीय गायक केकेको हृदयघातका कारण मृत्यु

नयाँ दिल्ली : बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ।  ५३ वर्षका  उनी केकेको नामले परिचित छन्

केके कोलकाताको एउटा कलेजको कार्यक्रममा सहभागी हुन गएका थिए। कार्यक्रममा नै उनले स्वास्थ्य बिग्रँदै गएको बताएका थिए। कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। त्यसपछि उनको शव पोस्टमार्टमका लागि पठाइएको थियो।

अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको जानकारी दिए। उनले भने, ‘केकेको हृदयघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ। तर शव पोष्टमार्टमका लागि पठाइएको छ।' केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको उनले बताए।

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकाताको गुरुदास कलेजमा आयोजित कार्यक्रममा सहभागी हुन आएका थिए। यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो। तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए। होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए। तर बिग्रिएको स्वास्थ्यका कारण उनले अस्वीकार गरे। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा  लगियो। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।

केकेले धेरै बलिउड फिल्मका लागि गीत गाए। 'हम दिल दे चुके सनम' मा उनले गाएका 'तडप तडप के इस दिल से...' र 'ओम शान्ति ओम' मा 'आँखों मे तेरी...' लाई दर्शकले राम्रै रुचाएका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.