चौदण्डिगढी नगरपालिकामा एमालेको एकल बहुमत

चौदण्डिगढी नगरपालिकामा एमालेको एकल बहुमत

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेले प्रमुख, उपप्रमुखसहित एकल बहुमत पुर्याएको छ। मंगलबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेका सबै सदस्य सर्वसहमत निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयसिमा भित्र एमालेका सदस्यले मात्र उमेदवारी दर्ता गरेपछि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

नगरपालिकामा निर्वाचितहरुबाट ५ महिला र बाहिर दलित तथा अल्पसंख्यकबाट तीन गरी ८ जना कार्यपालिकामा थप गर्ने व्यवस्था छ। निर्वाचित हुनेहरुमा वाहिरबाट दलिततर्फ माधव सार्की, अल्पसंख्यकतर्फ उदयराज भुजेल र जयकुमार राई, निर्वाचित महिलाहरुबाट स्मृति तोलाङ्गी सुयल, तिलावती राई, सुस्मा राई, जानकीदेवी चौधरी र शान्तीदेवी चौधरी रहेको निर्वाचन अधिकृत महेश दाहालले जानकारी दिए।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५२ सिटमध्ये ४१ सिटमा एमालेलेले जितेको थियो। बहुसंख्यक पद एमालेले जितेकाले अन्य पार्टीबाट कार्यपालिका सदस्यमा उम्मेदवारी पर्न नसकेको हो।

कार्यपालिका सदस्य निर्वाचन भएसँगै चौदण्डिगढी नगरपालिकामा अव २० जनाको कार्यपालिका वोर्ड बनेको छ। त्यसमध्ये एमालेबाट १८ जना र कांग्रेसबाट दुई जना रहेका छन्। निर्वाचित सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय चौदण्डीगढीले प्रमाणपत्र वितरण गरेको थियो।

अघिल्लो निर्वाचनमा १ वडा मात्र जितेको एमालेले यसपटक १, २, ४, ५, ७, ८, ९ र १० गरी ८ वटा वडा र कांग्रेसले ३ र ६ वडामा जित निकालेको हो। यसअघि नेकपा माओबादी केन्द्रले ३ वटा वडाध्यक्षमा जित निकालेकोमा यसपटक शून्य रहेको छ। ६ वडा जितेको कांग्रेस यसपटक खुम्चिएर २ मा झरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.