दिनहुँ ६ कुखुरा र १० लिटर दुध खान्थे गामा पहलवान

दिनहुँ ६ कुखुरा र १० लिटर दुध खान्थे गामा पहलवान

काठमाडौं : भारतका पहलवान गामा पहलवान ‘द ग्रेट गामा’ र ‘रुस्तम ए हिंद ’ नामबाट पनि चिनिन्छन्। गामा आफ्नो जीवनको ५० वर्ष कुस्ती खेले र धेरै प्रतियोगिता जितेका थिए। उनीले आफ्नो जीवनको अन्तिम समय धेरै अपठ्यारोमा पनि बिताए।

गामा पहलवानको खास नाम गुलाम मोहम्मद बख्श बट हो। उनको जन्म २२ मे १८७८ मा अमृतसरस्थित जब्बोवाल गाउँमा भएको थियो।

उनको ५ फिट ७ इन्च उचाइ रहेको थियो भने ११३ किलो तौल रहेको थियो। 

कुस्तीमा रुचिका कारण उनले सानैदेखि पहलवानको सपना देखेका थिए। सानै उमेरदेखि उनीले कुस्तीमा अभ्यास गरेका थिए। सन् १९१०मा उनी आफ्नो भाइसंग अन्तर्राष्ट्रिय कुस्ती च्याम्पियनका लागि इग्यल्यान्ड गएका थिए। उचाइका कारण उनलाई सो प्रतियोगितमा समावेश गराइएन। त्यसपश्चात उनले सबै पहलवानलाई खुला चुनौती दिएर ३० मिनेटमा नै सबै पहलावानलाई हराउने बताएका थिए। तर उनको चुनौती कसैले पनि स्विकारेनन्।

आफ्नो करियरमा उनले धेरै प्रतियोगित जितेका थिए। विश्व हेभिवेट च्याम्पियन १९१० र विश्व कुस्ती च्याम्पिउयनसिप १९२७ पनि उनले जितेका थिए। उनलाई ‘टाइगर’ को उपाधिले पनि सम्मानित गरिएको थियो।

गामा पहलवान गाउँमा हुर्केको हुदाँ उनको खानपान पनि स्वदेशी नै हुने गर्थ्यो। उनीले दिनहुँ १० लिटर दुध पिउनुका साथै ६ ओटा स्वादेशी कुखरा पनि उनको खानपानमा सामेल रहेको थियो। यसका साथै उनी दिनहुँ २०० ग्राम बदाम हालेर जुस पनि पिउने गरेका थिए।

यसका साथै उनी दिनहुँ आफ्ना ४० साथीसंग कुस्ती खेल्ने गरेका थिए। -एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.