रामग्रामको कार्यपालिकामा ‘लौरो’ चिन्ह भएका स्वतन्त्र उम्मेदवार विजयी

रामग्रामको कार्यपालिकामा ‘लौरो’ चिन्ह भएका स्वतन्त्र उम्मेदवार विजयी

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार अमृत सिंह जिसी विजयी भएका छन्।

महिला सदस्यबाट ५ र दलित वा अल्पसंख्यकबाट ३ गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो। जसमा जनता समाजवादी पार्टी(जसपा)ले ४, एमालेले २, राप्रपा र स्वतन्त्रले १/१ सदस्यमा विजयी भएको सहायक मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीले जानकारी दिए।

दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएका स्वतन्त्र उमेदवार जिसीले राजनीतिक दलका उमेदवारलाई पराजितगर्दै विजयी भएका हुन्। जिसीले जसपा, कांग्रेस र अर्का स्वतन्त्र उमेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। ३ पदका लागि २ स्वतन्त्रसहित ८ जनाको उमेदवारी परेको थियो। विजयी हुने अन्य २ जनामा जसपाका कमलेश्वर ठाकुर र राप्रपाका सुरेश पासवान छन्।

निर्वाचनमा दलहरुले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए। तर जसपामा भने दुई गुटमा विभाजन भएको थियो। जसपा विभाजनको फाइदा उठाउँदै स्वतन्त्र उम्मेदवार जिसीले बाजी मारेका हुन्। जसपाको एक समुहले कांग्रेस र अर्को समूहले एमालेसँग गठबन्धन गरेको थियो। राप्रपासहित एमालेसँग गठबन्धन गरेको जिल्ला अध्यक्ष धरेन्द्र यादवको गुट विजयी भएको हो। कांग्रेससँग गठबन्धन गरेका जसपाका केन्द्रीय सदस्य एंव पूर्वरक्षा राज्यमन्त्री रामबच्चन यादवको गुट पराजित भएको हो।

त्यसैगरी महिला सदस्यतर्फ भएको निर्वाचनमा ७ जनाको उमेदवारी परेको थियो। निर्वाचनबाट जसपाका बच्ची कहाँर, भगवती कुमारी चौधरी र सिमिर्ती देवी कुर्मी विजयी भएका छन्। एमालेबाट सीमामैया चौधरी र नानु कुमारी खड्का विजयी भएका छन्।

९२ जना मतदाता रहेको नगर कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव जितेका २८ जनप्रतिनिधि छन्। जसपा र एमालेबाट चुनाव जितेका २५/२५ जनप्रतिनिधि, राप्रपाबाट १३ र स्वतन्त्रबाट चुनाव जितेका १ जना जनप्रतिनिधि छन्। ९१ मत खसेकोमा २ मत बदर भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.