बेलायतकी महारानीको राज्यारोहणको ७०औँ वर्षगाँठ, बकिङहाम प्यालेस हजारौंको भीड

बेलायतकी महारानीको राज्यारोहणको ७०औँ वर्षगाँठ, बकिङहाम प्यालेस हजारौंको भीड

लन्डन : बेलायतकी महारानी एलिजाबेथ द्वितीयले सत्ता सम्हालेको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा आयोजित ऐतिहासिक समारोहको पहिलो दिन सहभागीहरुले दीर्घजीवनको शुभकामना दिएका छन्।  

महारानीको बुढ्योलीका कारण देखिएको स्वास्थ्य समस्याले गर्दा उनी सार्वजनिक रूपमा उपस्थित नहुने भनिए पनि उनले दरबारको कौसीबाट समर्थकहरुलाई अभिवादन गरेकी थिइन्। 

शताब्दीयौं पुरानो ‘ट्रूपिङ द कलर’ सैन्य परेड हेर्न हजारौं मानिसहरू चहकिलो घाममा लन्डको मध्य भागमा भेला भएका थिए।

सिंहासनमा ७० वर्ष लामो समयसम्म रहेकी महारानीले लामो समय बेलायतको सिंहासनमा रहेर नेतृत्व गरी संवैधानिक राजसंसस्थाको रेकर्ड बनाएकी छन्।

निलो पहिरनमा सजिएकी महारानीले सो अवसरमा लौरोको सहायतामा राजपरम्पराअनुसार बकिङहाम प्यालेसको कौसीबाटै फौजबाट सलामी ग्रहण गरेकी थिइन्। 

महारानीलाई सलामी दिएपछि सुरू भएको हजारौँ सहभागी परेडमा राजपरिवारका सदस्यहरू रथारोहण गर्दै सडक वरपर उभिएका दर्शकलाई अभिनन्दन गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.