स्याङ्‍जाका स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन : कुन पालिकामा कति ?

स्याङ्‍जाका स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन : कुन पालिकामा कति ?

स्याङ्जा :आर्थिक वर्ष २०७९/८० मा स्याङ्जाको बजेट ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन भएको छ।

गत वर्ष ४ अर्ब ३४ करोड ७६ लाखको बजेट ल्याएको  थियो। गत वर्षभन्दा यसवर्ष ३१ करोड ४८ लाख रुपैयाँ बढी हो।

संघीय सरकारले यहाँका ५ नगरपालिकासहित ६ गाउँपालिकामा उपलब्ध गराउने गरी सो रकम विनियोजन गरेको हो।

एघार तह रहेको स्याङ्जाका ५ नगरपालिकाको समग्र बजेट २ अर्ब ७० करोड १७ लाख भने ६ गाउँपालिकाको १ अर्ब ९६ करोड ७ लाख रहेको छ।

समग्रमा पालिकामा विनियोजित रकममध्ये समानीकरण अनुदानतर्फ १ अर्ब २७ करोड १३ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ३ करोड ५३ लाख, समपुरक अनुदानतर्फ १६ करोड ३० लाख र विशेष अनुदानतर्फ १९ करोड २८ लाख गरी कूल ४ अर्ब ६६ करोड २४ लाख विनियोजन भएको हो। 

विनिजोजित रकममध्ये सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ६३ करोड १३ लाख रुपैयाँ छ। भीरकोट नगरपालिकाको बजेट सबैभन्दा कम ३९ करोड ७३ लाख छ। 

रकममध्ये पुतलीबजारको समानीकरण अनुदानमा १५ करोड ९१ लाख, सशर्त अनुदानमा ४५ करोड ८२ लाख, समपुरक अनुदानमा १ करोड ४० लाख विनियोजन गरेको छ।

यसैगरी, भीरकोटको समानीकरणतर्फ ११ करोड ५९ लाख, सशर्ततर्फ २६ करोड ३४ लाख, समपूरकतर्फ ८० लाख र विशेष अनुदानतर्फ १ करोडगरी ३९ करोड ७३ लाख विनियोजन भएको हो। 
गल्याङ नगरपालिकाको बजेट ५५ करोड ३२ लाख छ। 

विनियोजित रकममध्ये समानीकरण अनुदानतर्फ १४ करोड २२ लाख, सशर्त अनुदानतर्फ ३७ करोड १० लाख छ। समपूरक अनुदानतर्फ २ करोड र विशेष अनुदानतर्फगरी २ करोडगरी ५५ करोड ३२ लाख विनियोजन भएको हो।

चापाकोट नगरपालिकाको बजेट ४९ करोड ४२ लाख छ। बजेटको समानीकरणमा ११ करोड ५४ लाख, सशर्तमा ३२ करोड ७४ लाख, समपूरकमा २ करोड ५० लाख र विशेष अनुदानमा २ करोड छ।

वालिङ नगरपालिकाको ६२ करोड ५७ लाख विनियोजन भएको छ। ती बजेटमध्ये समानीकरण अनुदानमा १७ करोड ३२ लाख, सशर्त अनुदानमा ४२ करोड २५ लाख, समपुरक  अनुदानमा २ करोड २० लाख र विशेष अनुदान ८० लाख हो।

यस्तैगरी, गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकीलाई ३८ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ। यसैगरी, फेदीखोलालाई सबैभन्दा कम २७ करोड ६१ लाख विनियोजन भएको छ।

अर्जुनचौपारी गाउँपालिकाको बजेट ३० करोड ४९ लाख रहेको छ। ती रकममध्ये समानीकरण अनुदानमा ९ करोड ४ लाख, सशर्त अनुदानमा १८ करोड ४५, समपुरक अनुदानमा ७० लाख  र विशेष अनुदानमा २ करोड ३० लाख रहेको छ। 

आँधीखोला गाउँपालिकाको ३५ करोड ३६ लाख विनियोजन भएको छ। रकममध्ये समानीकरण अनुदानमा ९ करोड ३२ लाख, सशर्त अनुदानमा २२ करोड ४, समपूरकमा १ करोड ५० लाख र विशेष अनुदान २ करोड ५० लाख छ।

कालीगण्डकी गाउँपालिकालाई ३८ करोड ४० लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ९३ लाख, सशर्त अनुदानअन्तर्गत २३ करोड ४७ लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदान २ करोड गरी जम्मा  ३८ करोड ४० लाख विनियोजन गरेको छ ।

फेदीखोला गाउँपालिकाको बजेट २७ करोड ६१ लाख छ। सो रकममध्ये समानीकरणतर्फ ८ करोड २९ लाख, सशर्ततर्फ १६ करोड ७ लाख, समपूरकतर्फ  ७० लाख र विशेषतर्फ २ करोड ५५ लाख विनियोजन गरिएको छ।विरुवा गाउँपालिकाको समानीकरण अनुदानमा ९ करोड ६४ लाख, सशर्त अनुदान अन्तर्गत २२ करोड ६ लाख, समपूरक अनुदानमा ९० लाख र समपूरक अनुदानमा १ करोडगरी ३३ करोड ६० लाखको बजेट रहेको छ। 

हरिनाश गाउँपालिकाको समानीकरण अनुदानमा ९ करोड ३३ लाख, सशर्त अनुदानमा १७ करोड १९, समपूरक अनुदानमा १ करोड ६० लाख र विशेष अनुदानमा २ करोड ४९ लाख कुल ३० करोड ६१ लाख छ। गएको वर्ष पनि नगरपालिकामध्ये सबैभन्दा बढी पुतलीबजारमा र सबैभन्दा कम भीरकोटमा र गाउँपालिकामध्ये सबैभन्दा धेरै कालीगण्डकीमा र  सबैभन्दा कम फेदीखोलामा बजेट विनियोजन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.