भरतपुरको कृषि विकासमा इजरायलको चासो

भरतपुरको कृषि विकासमा इजरायलको चासो

भरतपुर : भरतपुरको कृषि विकासमा इजरायली सरकारले चासो दिएको छ। कृषिमा गरेको लगानीले छोटो समयमा धेरै प्रगती गरेको इजरायली कृषि प्रविधि प्रयोगको विषयमा छलफल भएको छ। यस विषयमा केन्द्रित रहेर भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता भएको छ।

भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर छलफल भएको हो। कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

भेटमा भरतपुर महानगरपालिका प्रमुख दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकोले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन्। प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन्। उनले भरतपुर महानगरलाई कृषिको हबको रुपमा विकासमा सहकार्यको प्रस्ताव गरेकी छन्। 

 
इजरायली राजदुत हाननगोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताए। उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गर्दै भने, ‘इजरायल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.