गठबन्धन टुट्दैन : प्रकाश शरण महत

गठबन्धन टुट्दैन : प्रकाश शरण महत

चितवन : नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पाँच दलीय गठबन्धनप्रति आशंका नगर्न आग्रह गरेका छन्। स्थानीय तहको निर्वाचनमा अपवादका घटनाबाहेक गठबन्धन सफल भएको बताउँदै संघीय निर्वाचनमा पनि गठबन्धन जारी हुने बताए। 

परिआए कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने भन्ने भनाइप्रति लक्षित गर्दै डा महतले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा बोलेको कुरालाई महत्व दिन आवश्यक नरहेको बताए। 

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस नथर्किने पार्टी भएको बताए। ‘समग्रमा गठबन्धन सफल भएको छ। गठबन्धन दलका नेताको बैठकले गठबन्धनलाई सफल मानेको छ,’ उनले भने , ‘कार्यकर्ता पंक्तिमा सम्बाधेन गर्ने कुरामा आएका कुरा हुन्। हामीले हेर्ने भनेको बैठकको कुरालाई हो। सार्वजनिक रुपमा बोल्ने कुरालाई लिखित रुपमा बाहिर आउने कुरालाई महत्व दिने हो। ’

गठबन्धनलाई दिगो बनाउन कांग्रेस तत्पर रहेको भन्दै अहंकारको बाटोमा नरहेको उनले बताए। ‘हामी अंहकारभन्दा धेरै पर छौं। आशंका गर्नपर्ने आवश्यकता छैन। हामी वास्तविक धरातलमा उभिएर राजनीति गर्छौ,’ उनले भने, ‘असफल हुँदा आत्तिने सफल हुदा मात्तिने कांग्रेसको चरित्र भित्र पर्दैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.