वालिङ्मा हरित पुनःउत्थानको लक्ष्य : ‘बालीदेखि थालीसम्म’
स्याङ्जा : दिगो विकासको लक्ष्यका स्थानीयकीकरण अन्तर्गत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ। वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारीसहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।
विगत ३ वर्षदेखि जारी परियोजना अन्तर्गत हरित पुनः उत्थानका बारेमा नवनिर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाई परियोजनाका बारेमा जानकारी दिने सन्दर्भमा जानकारी गराइएको हो।
कार्यक्रममा बोल्दै वालिङका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले आफूले प्रमुखको जिम्मेवारी सम्हाल्दादेखि नै नगरपालिकाले उत्पादनमा जोड दिएको जनाउदै नवआगन्तुक प्रतिनिधिले पनि यसलाई जिम्मेवारी ठान्दै निरन्तरता दिई नगरबासीलाई तरकारीमा आत्मनिर्भर र आर्थिकोपार्जन गर्नसमेत सुझाव दिए। नगरबासी सबैले यहाँबाटै उत्पादित तरकारी खाने र बचेका तरकारी निर्यात गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको उनले सुनाए।
दिगो विकासको स्थानीकिकरण कार्यक्रममार्फत कोभिड प्रभावित तथा अन्य कारणले समस्यामा रहेका नगरका इच्छुक कृषक, नवउद्यमी तथा उद्यमी ज्ञान, सीप उपलब्ध गराउनु पर्नेमा उनले जोड दिए। उनले भने, ‘नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन र गरिवि घटाउन यस्ता परियोजना अत्यावश्यक छन।’
कार्यक्रममा युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्थानीय उत्पादनमा जोड दिई, उत्पादन, प्रवद्र्धन र बजारीकरण मुख्य लक्ष्य रहेको जनाए। उनका अनुसार, ‘बालीदेखि थाली सम्मका कार्यलाई सबैले मनन् गर्दै अघि बढ्नुपर्छ।’ स्थानीय उत्पादनको अधिकतम बृद्धि र उपभोगले मात्रै आर्थिक संम्बृद्धि हासिल सम्भव हुने बताए।
आफैंले उत्पादित बाली स्वस्थ्यकर बनाई बालीदेखि थालीसम्मका कार्य गरेर स्वस्थ्य रहन समेत सुझाव दिए। कार्यक्रममा प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई लगायतले वालिङलाई हरित उद्यमीको शहर बनाउनेगरी सञ्चालित परियोजनालाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने प्रतिवद्धता जनाए।
दिगो विकासको लक्ष्य प्राप्तिका लागि युएनडिपीसँगको सहकार्य प्रभावकारी देखिएको समेत उनीहरुका भनाई छन्।
परियोजना अन्र्तगत उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र (ईबिक) मार्फत उद्यमी अनुकुल बातावरण बनाउने जस्ता कार्यहरु वालिङ्मा जारी छ। उद्यमीको शहर बनाउने अभियानको लक्ष्य हो। दिगो बिकासकालागि आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम राख्न मुख्य ३ आयामलाई ध्यान दिन जरुरी छ उनले भने।
सोही कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, परियोजना प्रमुख राधाकृष्ण डुमे लगायतले परियोजनाले नगरबासीमा उद्यमशिलतातर्फ आर्कषण र कृषिमा नयाँ जागरण देखिएको बताए।