वीरगन्ज महानगरको कार्यपालिकामा पनि गठबन्धनकै जित

वीरगन्ज महानगरको कार्यपालिकामा पनि गठबन्धनकै जित

वीरगन्ज : वीरगन्ज महानगरपालिका कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन विजयी भएको छ। महानगरपालिकाको कार्यापालिकाको ८ सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा ८ वटै सदस्य पदमा जसपा र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन्। जसपा र कांग्रेसका ४/४ जना सदस्यहरु निर्वाचित भएका छन्।

महानगरको कार्यपालिको दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मिया धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका हुन्। कन्हैया १०७, धोबी १०८ र सोनार ११० मत प्राप्तगरी विजयी भएका हुन्।

एमाले लोसपा गठबन्धनबाट एमालेका उम्मेदवार अजय कुमार गुप्ताले भने ४७, ओम प्रकाश साहले ४८ र राजकिशोर गुप्ताले पनि ४८ मत मात्र पाएका छन्। ५ महिला सदस्यमा पनि गठबन्धनबाट कांग्रेसकी कनिका कौशीक, नितु कुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसन खातुन विजयी भएका छन्। महिला सदस्यमा निर्वाचित कौशीकले १०९, रामले १११ , कार्कीले १०९ , राजपुतिनले ११३ र खातुनले ११४ मत पाएकी हुन्।

एमालेकी अमरी देवी चमारले ४५ ,कान्ति देवीले ४५ ,मन्जु देवीले ४६ र संगीता देवीले ४६ तथा लोसपाकी पतिया देवीले ४३ मत मात्रै पाएकी छन्। जिल्ला समन्वय समिति परिसरमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चलेको मतदानमा १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्यगरी कुल ८ सदस्य पदका लागि भएको  निर्वाचनमा महानगरमा निर्वाचित मेयर, उपमेयर, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए्।

शुक्रबार भएको मतदानमा जसपाका ३ जना जनप्रतिनिधि भने सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधि मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामापरि घाइते भएर अस्पतालमा उपचाररत रहेकाले उनीहरु मतदानमा सहभागी हुन नसकेका हुन्। महानगरमा निर्वाचित जसपाका जनप्रतिनिधिहरु घुम्न मकवानपुरको मकवानपुर गढी घुम्न गएका बेला शुक्रबार बिहान भएको सवारी दुर्घटनामापरि वडा नम्बर दुईका वडाध्यक्षसहित ५ जना घाइते भएकोमा ३ जना अस्पतालमा उपचाररत छन्।

महानगरमा शुक्रबार भएको कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए भने नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका थिए। ८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो।

बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा जसपा र कांग्रेसले मेयर र उपमेयरमा गठबन्धन गरेका थिए। मेयर जसपाले, उपमेयर कांग्रेसले, १३ वटा वडा वडाध्यक्ष जसपाले, ९ वटा वडामा  वडाध्यक्ष कांग्रेसले, ८ वटा वडामा वडाध्यक्ष एमालेले र २ वटा वडामा वडाध्यक्ष लोसपाले जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.