रुसबाट इन्धन ल्याउन यूरोपेली संघले लगायो प्रतिवन्ध
रूस : यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ। रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर संघले दवाव दिएको हो।
रूसबाट इन्धन आयातमा प्रतिवन्ध लगाउनु पर्ने बारेमा लामो छलफलपछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ। यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिवन्ध लगाएका छन्। त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।