उत्तर कोरियाले गर्यो आठ मिसाइल परीक्षण
प्योङयाङ : उत्तर कोरियाले आइतबार बिहान पूर्वी तटमा छोटो दुरीका आठ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास एक दिन अघि सम्पन्न गरेपछि उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले यी मिसाइलहरू उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट प्रहार गरिएको बताएका छन्। जापानको क्योडो समाचार एजेन्सीले सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले एकैपटक धेरै मिसाइल प्रहार गरेको जनाएको छ ।
अमेरिकाले उत्तर कोरियालाई आफ्नो कूटनीतिको ढोका खुला रहेको र प्रतिबन्धहरु खुकुलो पार्ने विषयमा छलफल गर्न पनि तयार रहेको स्पष्ट रुपमा बताएको छ । गत साता अमेरिकाले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघमा थप प्रतिबन्ध लगाउन चाहेको थियो तर चीन र रुसले त्यसविरुद्ध भिटो पावर प्रयोग गरेका थिए । बीबीसी