विश्व वातावरण दिवसमा शालिग्राम उद्यान पार्कमा वृक्षारोपण तथा सरसफाइ

विश्व वातावरण दिवसमा शालिग्राम उद्यान पार्कमा वृक्षारोपण तथा सरसफाइ

जोमसोम : ४९ औं विश्व वातावरण दिवसको अवसरमा मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित शालिग्राम उद्यान पार्कमा आइतबार वृक्षारोपण तथा सरसफाइ गरिएको छ ।

डिभिजन बन कार्यालय मुस्ताङको आयोजना तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका सरक्षण कार्यालय जोमसोमको सह-आयोजनामा भएको वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको समन्वय जिल्ला प्रशासन मुस्ताङले गरेको थियो ।

विश्व वातावरण दिवस मार्च ५ तारिख २०२२ को अवसरमा ‘पृथ्वीको सरक्षण : दिगो प्रकृतिमैत्री जीवनयात्रा’नारासहित जिल्ला प्रशासन कार्यालय पछाडिपट्टी रहेको शालिग्राम उद्यान पार्कमा वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय प्रमुख र जिल्लाका ३ वटै सुरक्षा निकायको सहभागीता रहेको थियो।

विश्व वातावरण दिवसमा भोटे पिपल,बैस,ओखर,धुपी,सल्ला र रुवेनिया लगायतका ६० वटा प्रजातीका विरुवा रोपण गरिएको डिभिजन बन कार्यालयका प्रमुख वषन्तकेशव अधिकारीले जानकारी दिए ।उनले दिवसको अवसरमा यसअघि लगाएका पुराना बिरुवाहरुको गोडमेल र सिचाइंको व्यवस्थापन समेत गरिएको उनले बताए ।

यस्तै,वातावरण दिवसको अवसरमा शनिबार र आइतबार स्थानीय प्रशासनको समन्वयमा जिल्लास्थित सरकारी कार्यालय र सुरक्षा निकायको टोलीले जोमसोम बजार र कालिगण्डकी नदीको तटीयक्षेत्रमा सरसफाइ गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.